परिवर्तन ल्याउन सहिदको भुमिका महत्वपुर्ण: राज्यमन्त्री श्रीपाली

मेचीकाली संवाददाता

१५ फाल्गुन २०८०, मंगलवार
182 shares

अनिल नेपाली

अर्घाखाँची । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपालीले सहिदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएकी छिन । सन्धिखर्क नगरपालिका ९ अर्घामा आज ऐतिहासिक सहिद स्मृतिको उद्घाटन गदै मन्त्री श्रीपालीले जिवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित सम्पूर्ण सहिदहरु प्रति सम्मान व्यक्त गरीन ।

सहिदहरूले देखाएको बाटोमा लामबद्ध हुँदै त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने सङ्कल्प गदै मन्त्री श्रीपालीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने विश्वास व्यक्त गरीन ।

उनले नेपालको परिबर्ततीत आन्दोलनमा साहाद प्राप्त गर्ने सम्पूर्ण सहिदको ठुलो योगदानलाई कसैले मेट्न नसक्ने बताउदै सहिद सबैका साझा हुने बताइन । कार्यक्रममा मन्त्री श्रीपालीले विकास समृद्धिमा सबै एकजुट भई मुलुकको दिगो विकासका लागि सबै लाग्नुपर्ने बताइन ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य, सन्धिखर्क नगरपालिकाका संस्थापक नगर उपप्रमुख ठाकुर कुमार विक किशोर लगायतका बक्ताले कार्यक्रममा बोल्दै वर्तमान व्यवस्था ल्याउन सहिदको महत्वपुर्ण भुमिका रहेको बताएका थिए । निर्माणको जिम्मा हिमान्जय कन्ट्रक्शन प्रालिले लिएको इन्जिनियर बिरेन्द्र चौधरीले बताएका छन् पर्यटन विभागले अर्घाखाँचीका विभिन्न ५ स्थानमा यस्ता कामलाई निरन्तरता दिएको उनले बताएका छन् ।

कार्यक्रम वडा न ९ का अध्यक्ष पदम बहादुर भुसालको अध्यक्षता, वडा सदस्य देबी खड्काको स्वागत, सचिब अन्ततमणि पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न राजनितिक दल समाजसेबी सहिद परिबार सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।