शुद्दोधनमा ४२ औ मगर एकता दिवस मनाइयो

मेचीकाली संवाददाता

१६ फाल्गुन २०८०, बुधबार
318 shares


तुलसीराम पौडेल —
शुद्दोधन ,फाल्गुन १५
रुपन्देहीको शुद्दोधन गाउँपालिका -५ मानपकडी स्थित दरवाह मन्दिर परिसरमा विभिन्न कार्यक्रम सहित ४२ औं मगर एकता दिवस मनाइएको छ।नेपाल मगर संघ शुद्दोधन गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य हेमन थापा मगरले कार्यक्रमको उद्दघाटन गर्नुभयो ।
कार्यक्रममा पालिका अन्तर्गतका विभिन्न वडाबाट मगर सस्कृती झल्किने खालका सास्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।सोहि अवसरमा मगर दिवसको शुभ अवसरमा सम्पन्न गरिएको विभिन्न खेल प्रतियोगिताका
उत्कृष्टहरुलाई पुरस्कार वितरण गरिएको थियोे ।

नेपाल मगर संघ शुद्दोधन गाउँपालिका अध्यक्ष भिमबहादुर छहारी मगरको अध्यक्षता, नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य हेमन थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा शुद्दोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली , शुद्दोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेल ,नेपाल मगर संघ पुर्व लुम्बिनी प्रदेश सदस्य शोभा आले मगर ,सल्लाहकार नीर बहादुर राना ,नेपाल मगर संघ सदस्य यमबहादुर घर्ती मगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।