वडाको सहयोगमा बिभिन्न सामग्री हस्तान्तरण

मेचीकाली संवाददाता

१८ फाल्गुन २०८०, शुक्रबार
74 shares

पार्वती आचार्य

कपिलवस्तु । मायादेवी गाउँपालिका–५ वडा कार्यालयले वडा अन्तरगतका पाँचवटा सामुदायिक बिद्यालयहरु र एउटा मदरसामा खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेको छ । वडाबाट बिनियोजित बजेटबाट खेलकुदका सामाग्रीहरु खरिद गरी जनता मावि बलुहवा, सुभद्र मावि सिरहनिया, डिजेको बोर्डिङ स्कूल शिसवा, उदय ज्योति ईङलिस बोर्डिङ स्कूल ठुलो सिसहनिया र सिहोरवा मदरसालाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान, वडा अध्यक्ष राघबेन्द्र प्रसाद पाण्डेय, निमित्त प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण तेली, वडा सदस्य अजय कुमार तिवारी, वडा सचिव श्यामकुमार कामत लगायतको उपस्थितीमा फागुन १६ र १७ गते खेलकुद सामाग्रीहरु भलिवल, फुटवल, क्रिकेट सेट, भलिवलको नेट लगायतका खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुसलमानले खेल स्वास्थ्यको लागि फाईदा भएको बताउँदै बिद्यालयका बिद्यार्थीहरु र युवाहरुले बिभिन्न खेलको माध्यमबाट पनि क्षमता वृद्धि गर्न सक्ने र देश बिदेशसम्म चिनाउन सक्ने बताए ।
खेलमार्फत बालबालिका र युवाको चौतर्फि बिकास हुनुका साथै स्वाथ्यको लागि फाईदा हुने भएकोले बिद्यालयको साथसाथै वडाको दश वटा टोलका युवाहरुलाई समेत लक्षित गरेर प्रोतसाहन स्वरुप खेलकुद सामाग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष राघबेन्द्र प्रसाद पाण्डेयले बताए ।

यसैगरी वडा कार्यालयले बलुहवा स्वास्थ्य चौकीमा आवश्यक औषधीको माग अनुसार २५ प्रकारका औषधीहरु स्वास्थ्य चौकीका इन्चार्ज माला झालाई हस्तान्तरण गरिएको वडा सचिव श्याम कुमार कामतले बताए । वडा अध्यक्ष पाण्डयले वडाका जेष्ठ नागरिक, एकल, दलित महिला, बिधवा महिला गरी २ सय ५० जनालाई खोल सहितको व्लाङ्केट बितरण गरिएको बताए ।

यसैगरी अपांगता भएका क, ख ,ग र घ श्रेणीका व्यक्तिहरुलाई समेत खोल सहितको व्लाङ्केट हस्तान्तरण गरिएको छ । गर्भवती महिलाहरुका लागि पोषण सम्बन्धि सामाग्रीहरुमा चना, अण्डा र आयोडिन नुन हस्तान्तरण गरिएको वडा सदस्य अजय कुमार तिवारीले जानकारी दिए ।

युवा सञ्जालका बब्लु यादव र अंगद चौधरीले युवाहरुलाई खेलको माध्यमबाट शसक्तिकरण गर्न र क्रियाशिल गराउनका लागि वडा नं. ५ को वडा कार्यालयले राम्रो कार्य गरेको भन्दै वडा कार्यालयलाई धन्यवाद दिए । जेष्ठ नागरिकलाई लक्षित गरी खोल सहितको व्लाङ्केट पाएपछि किस्मती देवी नाउनी, प्रेमकला उपाध्याय, कैलासी अहिरिन, गिता मिश्र र निलम दुवेले वडा कार्यालयलाई धन्यवाद दिंदै खुशी व्यक्त गरेका छन् । वडाका लक्षित समुदायलाई समेटेर बिभिन्न कार्यक्रमहरु सञ्चालन गरी सामाग्रीहरु हस्तान्त्रण गरेकोमा स्थानिय वडावासीले खुशी व्यक्त गरेका छन् ।