परोपकार दान विभाग शाखा बुटवललाई फर्निचर हस्तान्तरण

मेचीकाली संवाददाता

१८ फाल्गुन २०८०, शुक्रबार
90 shares

बुटवल । बुटवल उपमहानगरपालिका–१ स्थित परोपकार संस्था दान विभाग शाखामा फर्निचर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका प्रधान सेवक गौतमलाल श्रेष्ठको अध्यक्षता तथा सौजन्यदाता तथा कार्यपालिका सदस्य निलन गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

गौतमले कार्यलयलाई आबश्यक ५० हजार मुल्य बराबरका बिभिन्न फर्निचर सामग्री हस्तानतरण गरेका हुन् । उनले दराज, घुम्ने कुर्ची, टेवुल, प्लाष्टीक कुर्ची प्रदान गरेको प्रधान सेवक श्रेष्ठले जानकारी दिए ।

सोही अवसरमा संस्थाको ६९औँ स्थापना दिवस आगामी चैत १४ गतेदेखि ३ दिनसम्म रक्तदान, स्वास्थ्य अन्तरक्रिया लगायतका कार्यक्रम गरी मनाईने संस्थाका सचिव मदनकुमार श्रेष्ठले जानकारी गराए ।