गार्गी एकेडेमीमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण

मेचीकाली संवाददाता

१८ फाल्गुन २०८०, शुक्रबार
132 shares

बुटवल । बुटवल–११ देविनगरस्थित गार्गी एकेडेमीमा शुक्रवार सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरिएको छ । विधालयका अध्यक्ष रण बहादुर थापाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

सो अवसरमा बोल्दै उपप्रमुख सावित्रा अर्यालले स्थापनाको छोटा समयमा गार्गीले एकेडेमीले चुमेको सफलताको प्रशंसा व्यक्त गरिन् । उनले बुटवलको शैक्षिक विकासलाई राष्ट्रिय स्तरमा पु¥याउन संस्थागत विद्यालयले ठूलो भूमिका खेलेको समेत बताइन । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालका केन्द्रीय सदस्य टिकाराम न्यौपानेले राज्यले देशको शैक्षिक विकासमा संस्थागत विद्यालयहरूले पु¥याएको योगदानको नजरअन्दाज गर्न नहुने बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले विधालय अभिभावकहरुको माया र सदभावले नैं विद्यालयले छोटो समयमा सफलता हासिल गर्न सफल भएको बताए । स्कूलमा अब शैक्षिक क्रियाकलापलाई परिवर्तन गरी पढाउने सोच अघि बढाएको समेत प्राचार्य जानकारी दिए ।

१३ वर्ष अघि २८७ जना विधार्थीबाट सुरू भएको एकेडेमीमा अहिले २ हजार १०० विद्यार्थी अध्ययनरत रहेको समेत प्राचार्य अधिकारीले जानकारी दिए । कार्यक्रममा विद्यालयका सल्लाहकार राजेन्द्र ढकाल, सञ्चालक जीवन अधिकारी लोकराज शर्मा लगायतले बोलेका थिए ।

सो अवसरमा विद्यालयमा अध्ययन गरी एमबिबिएसमा नाम निकाल्न सफल विद्यार्थी, राष्ट्रिय स्तरको महिला क्रिकेटमा छनौट भएका खेलाडी विद्यार्थी, उत्कृष्ट शिक्षक र कर्मचारीलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा बिधार्थीहरूले विभिन्न गीत नृत्य प्रस्तुत गरी अभिभावक र शिक्षकहरुको मन जितेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका नेपाली बिभाग प्रमुख नवराज न्यौपानले गरेका थिए ।