जिफन्ट बुटवलको अधिवेशन सम्पन्न

मेचीकाली संवाददाता

२० फाल्गुन २०८०, आईतवार
142 shares

बुटवल । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बुटवल नगर कमिटीको दोस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । सोही अवसरमामा बोल्दै जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष कमल गौतमले सुकुम्बासी र अव्यवस्थित श्रमिकहरुलाई तत्काल जग्गाको मालिक बनाउनु पर्ने बताए । सबै श्रमिकलाई जिफन्टमा एकताबद्ध गरी अधिकार स्थापितका लागि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड र्दिए ।

जिफन्ट राष्ट्रिय कमिटीका सचिव हरिबहादुर कार्कीले स्थानीय सरकार मार्फत श्रम डेस्क स्थापना गरी श्रमिक पन्जिकरण गराउने र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरुलाइ आवद्ध गराउनु पर्ने बताए । कार्यक्रम नाटु प्रतिनिधि परिषद् प्रमुख जीवन अधिकारी, जिफन्ट लुम्बिनी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष पदम रिजाल र जिफन्ट रुपन्देही जिल्ला समन्वय कमिटीका अध्यक्ष केशव गौतम लगायतले आआफ्नो भनाई राखेका थिए ।

अधिवेशनबाट काजिमान थापाको अध्यक्षतामा ११ सदस्यीय जिफन्ट बुटवल नगर कमिटी गठन गरिएको छ । कार्यक्रम जिफन्ट बुटवल उप महानगरपालिका कमिटीका अध्यक्ष अमित क्षेत्रीको अध्यक्षता तथा सचिव घनश्याम गैरेको सन्चालनमा सम्पन्न भएको थियो ।