भुम्रेमा गरिमा विकास बैंकको नयाँ सेवा केन्द्र

मेचीकाली संवाददाता

२३ फाल्गुन २०८०, बुधबार
279 shares

मुक्ति न्यौपाने

वालिङ । भुम्रेमा गरिमा विकास बैंकको नयाँ शाखा स्थापना भएको छ । भुम्रे सेवा केन्द्रको उद्घाटन गर्दै बैंकका अध्यक्ष श्याम वस्यालले स्याङ्जाको वालिङमा २०६४ सालमा स्थापना भएको बंकलेले १ सय २४ शाखा विस्तार गर्न सफल भएको बताए ।

देशमा आर्थिक रूपमा महत्त्वपूर्ण टेवा पुर्याउदै मानिसहरुको जीवन् स्थरमा समेत महोत्वपुर्न भुमिका खेलेको बताए । अध्यक्ष वश्याले ८ लाख भन्दा बढीले बैंकबाट सेवा लिदै आएको बताए । बैंकको सेवाबाट लाभान्वित व्याक्तिहरुको जीवनस्तरमा सुधार आएको उनले बताए।

बैंकका पुर्व अध्यक्ष दिलिप प्रताप खाणले ०६४ सालमा २ करोड ५० लाख पुजीबाट शुरु भएको बैंकको हाल ६ अर्वको पुजी रहेको बताए । खाणले ८५ अर्व डिपोजिट ६८ अर्व लगानी रहेको खाणले बताए ।

वालिङ नगरपालिका ९ का अध्यक्ष अमृत श्रेष्ठले बित्तीय कारोबार गर्नको लागि हाम्रो स्थानमा आएर सेवा प्रबाह गर्न लागेकोमा खुशी व्याक्त गर्दै स्थानीयको जीवनस्तर उठाउन महोत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष श्रेष्ठले वताए ।

वालिङ नगरपालिकामा मात्रै गरिमा विकास बैकका ४ वटा शाखा रहेको र ति शाखाले सहज रुपमा सेवा प्रदान गर्दै आएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए ।