सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ: नगरप्रमुख श्रेष्ठ

मेचीकाली संवाददाता

२९ फाल्गुन २०८०, मंगलवार
86 shares

अनिल नेपाली

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सहकारीहरुले सेवा तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सके रोजगारीको सिर्जना हुने बताएका छन् । सन्धिखर्क नगरपालिका वडा न. १ मा संचालित साथी बहुउद्देश्यीय सहकारी उद्योग तथा बिक्रि केन्द्रको एक कार्यक्रमका बिचमा शुभारम्म गदै नगर प्रमुख श्रेष्ठले यस्तो बताएका हुन् ।

नगर प्रमुख श्रेष्ठले विकासको आधारमा सहकारीलाई समावेश गर्न सके समृद्धि हुने बताउँदै सहकारीको मूल्य र मान्यतालाई आत्मासाथ गरेर अगाडि बढेको साथी सहकारीले छोटो समयमा धेरै उपलब्ध हासिल गर्न सफल भएको भन्दै बचत र ऋणको कारोबारसँगै संस्था समाज रुपान्तरण तर्फ अग्रसर भएको बताउदै सस्थाले उत्पादनको ग्यारेन्टी गरी बजारीकरण र गुणस्तरीयतालाई पनि ध्याद दिदै विश्वसनीयता कायम गनुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सहकारीको अभिभाबक राष्ट्र बैक भएकोले सहकारीलाई निति नियम सिद्धान्तमा डो¥याउनुपर्ने बताएका थिए । कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल लगायतले आआफ्नो भनाई राखेका थिए ।

करिब १ करोड रुपिया भन्दा बढी लगानीमा संचालनमा आएको उधोग तथा बिक्री केन्द्रले परम्परागत लोकउन्मुख बाली लाई प्राविधिको प्रयोग गरि उत्पादन गर्ने, किसान सग उन्नत बिउपल रासायनिक मल किटनासक औंषधिको प्रयोग लाई न्यूनीकरण (अर्गानिक उत्पादन), उत्पादन संकलन प्रशोधन प्याकेजिङ गरि उचित मुल्यमा बिक्री बितरण गरिने, जिल्लाका सम्पुर्ण उद्योगी व्यापारी सग हातेमालो गरि ब्याबसाय संचालन गरिने मुख्य उदेश्य रहेको तथा उधोग बाट उत्पादित बस्तु लाई लेवलिङ गरि बिक्री बितरण गर्ने जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालले बताएका छन ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर, नेपाली काङ्ग्रेसका नेता लिलाधर बस्याल, नेकपा एमालेका नेता सरोज भुसाल नेकपा (माओबादी केन्द्र) की नेतृ छम कुमारी खनाल चिनारी रास्ट्रिय स्वतन्त्र पार्टीका नेता हरि प्रसाद भुसाल, राजमो नेता भिमलाल आचार्य, राप्रपा नेता महेन्द्र कुमार श्रेष्ठ ,नेकपाका नेता खिम बहादुर जिएम, सन्धिखर्क नगरपालिकाका वडा अध्यक्षहरु जिल्ला बचत सहकारी संघका अध्यक्ष दोण भुसाल, पतन्जली योग समितिका केन्द्रिय सदस्य जिल्ला शान्ता क्षेत्री, उद्योग बाणिय संघ, चेम्बर अफ कमर्श, अर्घाखाँची उधोग ब्यापार संघ, निर्माण ब्याबसायी संघ अर्घाखाँची ब्यापार संघ, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, घरेलु तथा साना उधोग बिकास कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु शेयस सदस्यहरु तथा नेपाल पत्रकार महासंघका अध्यक्ष लगायत संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता व्यवस्थापक रामु केसीको स्वागत तथा सचीव धर्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।