पर्रोहा बहुमुखी क्याम्पसमा पदस्थापन कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

३० फाल्गुन २०८०, बुधबार
175 shares

सैनामैना । सैनामैना नगपालिकाको मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसको गत २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सञ्चालक समितिलाई पदस्थापन गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि पदस्थापन तथा शपथ ग्रहण गराईएको हो ।

अधिवेशनबाट निर्वाचित क्याम्पसको अध्यक्षमा खुशीराम चौधरी र अन्य सदस्यहरुमा धन बहादुर कार्की, प्रेम कुमार शर्मा, चन्द्रकान्त पाण्डे, मञ्जु ज्ञवाली, सरु पन्थी लगायत चयन भएको निर्वाचन मण्डल संयोजक चन्द्रकान्त भन्डारीले जानकारी दिए ।

कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना राना, सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख चित्र बहादुर कार्की, सैनामैना–३ का वडाअध्यक्ष तम बहादुर पुर्जा, वडा नं ४ का वडाअध्यक्ष राम प्रसाद अधिकारी, पुर्व क्याम्पस प्रमुख चित्र बहादुर केसी लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

कार्यक्रम क्याम्पस प्रमुख हेमचन्द्र खरालको स्वागत तथा सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमन्त थापाको सहजीकरणमा सम्पन्न भएको थियो ।