उद्योग व्यापार संघ कपिलवस्तुद्वारा मन्त्री अधिकारीलाई स्वागत

मेचीकाली संवाददाता

३ चैत्र २०८०, शनिबार
594 shares

पार्वती आचार्य

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुद्वारा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीलाई स्वागत गरिएको छ । संघले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी शनिबार स्वागत गरेको हो । स्वागत कार्यक्रमलाई संबोधन गर्दै मन्त्री अधिकारीले उद्योग व्यापार संघ, कपिलवस्तुले बनाएका योजना र लक्ष्यहरुलाई सफल पार्नको लागि आफ्नो मन्त्रालयबाट सक्दो सहयोग हुने बताएका छन् । संघले बनाएका योजना र लक्ष्य सहित मन्त्रालयमा आउन आग्रह गरेका हुन । राज्यको अवस्था र आर्थिक स्थिती जटिल भएको बताउँदै बिगतमा अन्दोलन गरेर ल्याएको अधिकारहरु बिगतकै कानुनमा चल्नुपर्ने भएको कारण केहि जटिलता थोपरेको बताए ।

अब ती सबै जटिलताहरुको अन्त्य गर्दै संबिधानत नयाँ कानुनहरु निर्माण गर्दै अगाडी बढ्न जरुरी भएको मन्त्री अधिकारीले बताए । यस्तै यस क्षेत्रका अव्यवस्थित बसोबास र सुकुम्बासी समस्यालाई व्यवस्थापन गर्न र उद्योग व्यवसायीहरुका समस्याहरुको समाधान गर्नका लागि राष्ट्रले एकिकृत योजनाहरु बनाउनु पर्ने बिषयमा आफु केन्द्रित रहने बिश्वास समेत दिलाए । यहाँका जनता र उद्योग व्यापार संघ, कपिलवस्तुको उत्साह र हौसलालाई समेटदै, सहयोग र सुझाव लिंदै आफ्नो मन्त्रालयबाट हुने सम्पूर्ण काममा निरन्तर लाग्ने प्रतिवद्धता जनाए ।

जनताका आवश्यकता पुरा गर्ने सन्दर्भमा जस्तोसुकै परिस्थिती आए पनि पछि नहट्ने मन्त्री अधिकारीले उद्योग व्यापार संघ कपिलवस्तुले राखेको स्वागत कार्यक्रममा बिश्वास दिलाए । मन्त्री अधिकारीले भने आफ्नै जिल्लाको मन्त्री पाउँदा जिल्ला वासीमा धेरै खुशी छाएको छ । अहिलेको सरकार गठबन्धन अर्थात सहमती गरेर बनेको सरकार भएको हुँनाले बिभिन्न उद्देश्यहरु पुरागर्ने सन्दर्भमा राष्ट्र बनाउने सवालमा र जनताको समस्या समाधान गर्ने सवालमा कानुन र विधिले अप्ठ्यारो नपार्दा सम्म कटिबद्धताका साथ लाग्ने बताए । सबैको साथ सहयोग पाए शिक्षा, स्वास्थ्य, खानेपानी, जग्गा व्यवस्थापन देखि उद्योग व्यापार संघका समस्याहरुको समाधान गर्नतर्फ ध्यान केन्द्रित हुने मन्त्री अधिकारीको भनाई छ ।

यसैगरी उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले २०७२ सालको संविधानले परिकल्पना गरेको समादवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणको लागि राष्ट्रिय पूँजीपती र राष्ट्रिय उद्योगी व्यवसायीहरुको पहलको आवश्यक भएको बताए । देशलाई दलाल अर्थतन्त्रको कब्जाबाट मुक्त गराउनका लागि स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्रका पक्षधर सम्पूर्ण व्यवसायी उद्योगीहरु एकजुट हुनुपर्ने बताए । उद्योग व्यवसायीहरुका समस्याहरु समाधान गर्नका लागि २०७९ असार १७ गते उद्योग व्यापार संघ, कपिलवस्तु गठन गरिएको बताउँदै संघको गठन भए पछि निरन्तर उद्योगी व्यवसायीहरुको हकहित र पक्षमा आवाज उठान गर्दै आएको अध्यक्ष पौडेलले बताए । मन्त्री अधिकारीलाई कार्यकालको शुभकामना दिंदै कपिलवस्तुका आम जनताले मन्त्री माथि राखेका अपेक्षहरु र उद्योग व्यवसायीहरुको समस्याहरु संबोधन गर्न मन्त्री अधिकारीलाई आग्रह गरेका छन् । कान्छो संस्थाको रुपमा स्थापित उद्योग व्यापार संघ, कपिलवस्तुले मन्त्री अधिकारीलाई स्वागत सहित मायाँको चिनो समेत हस्तान्तरण गरेको छ ।

कार्यक्रम उद्योग ब्यापार संघका अध्यक्ष खिमानन्द (पौडेल) को अध्यक्षता महासचिव बासुदेब खनालको संचालनमा सम्पन्न कार्यक्रममा संघका बरिस्ठ उपाध्यक्ष यम बहादुर केसि, उद्योग उपाध्यक्ष नेत्र पाण्डे, बाणिज्य उपाध्यक्ष शंकर भाट क्षेत्री, महिला उपाध्यक्ष गिता पौडेल ,खुला उपाध्यक्ष होमनाथ पौडेल, नेपाल उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य रेवता पौडेल, मनोज नेपाली, भरत पोख्रेल, कृष्ण कलवार, सल्लाहकार सरोज खनाल, अर्जुन सापकोटा नारायण पाण्डे, कोषाध्यक्ष शालिकराम आचार्य, लगायत कार्यसमितिका पदाधिकारी तथा संघमा आबद्ध सदस्यहरुको उपस्तिथिमा मन्त्री अधिकारीलाई स्वागत गरिएको उद्योग व्यापार संघ, कपिलवस्तुले जनाएको छ ।