नगरपालिकालाई बदनाम गराउन नगर प्रमुखको किर्ते हस्ताक्षर गरियोः नगर प्रमुख थापा

मेचीकाली संवाददाता

५ चैत्र २०८०, सोमबार
376 shares

अनिल नेपाली

अर्घाखाँची । भुमिकास्थान नगरपालिका वडा न ९ सान्डेभाको चुनढुङ्गा खानी प्रकरणमा नगरप्रमुखको हस्ताक्षर चोरी गरि कृते पत्र तयार गरि गम्भीर दुरुपयोग गरेको भुमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापाले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

नगर प्रमुख थापाले आफुले नगरबासीको मर्म भाबना विपरीत काम नगर्ने उदेश्यले पटक पटक भएका कार्यपालिकाको सहमतिलाई कार्यान्वयन गदै नगरपालिकालाई आर्थिक पर्यटकीय रुपमा समृद्धि बनाउनको लागि निरन्तर लागि परेको बताउदै आफुलाई र सिङ्गो नगरपालिकालाई बदनाम गर्ने गरी केही तत्व लागेकोले त्यसलाई निरुत्साहित गर्न कानुनी उपचार खोज्ने बताउदै नगरपालिकाले वडा न ९ को सान्डेभामा रहेको चुनढुङ्गालाई सदाका लागि बन्द गरी पर्यटकीय केन्द्र बनाउने बताउदै २०८० मंसिर ५ गते चन नं ५८५ को पत्र सामाजिक सञ्जालमा आएको सिफारिस पत्र बिजया सिमेन्ट प्रा.लिले खानी विभागलाई नभई सघीय खानेपानी तथा ढल व्यबस्थापनलाई नगरपालिकाले गरेको त्यो सिफारिस किर्ते रहेको बताए ।

२०७९ भदौ १७ गतेको बैठकले मिति २०७९ असोज १४ गते बैठकले उक्त चुनढुङ्गा खानी सदाका लागि बन्द गर्ने निर्णय गरेको थियो भुमिकास्थान नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष खेमराज चुदालीले पनि खानेपानीलाइ असर गर्ने भए उत्खनन् गर्न नहुने बताउदै आफुले स्थानीय जनताको माग बमोजिम सिफारिस पत्रमा हस्ताक्षर गरेको बताएका थिए । उक्त स्थानमा उत्खनन् गर्दा भुमिकास्थानको ६, ७, ८, ९ वडाका बासिन्दालाइ खानेपानीको समस्या निम्तने र नजिकै बस्ती भएका कारण ध्वनी, वायु र पर्यावरणमा असर हुने भन्दै बिरोध हुँदै आएको छ ।

पत्रकार सम्मेलनमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष कर्मचारी लगायत जिल्लामा पत्रकारको सहभागिता रहेको थियो ।