सूर्यज्योति लाइफ इन्स्योरेन्स सुनवल शाखाद्वारा बिमा साक्षरता कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

७ चैत्र २०८०, बुधबार
629 shares

सुनवल । जीवन बिमाका क्षेत्रमा काम गर्दै आएको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा सचेतना तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पश्चिम नवलपरासीको सुनवल शाखाले बुधबार सुनवल नगरपालिका–४ महलपोखरीमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा जीवन बिमाको उद्देश्य, महत्व र यसका फाइदाबारे सहजीकरण गरिएको थियो । कम्पनीकी एमडिआरटी बिना गौतमले जीवन बिमाको महत्व र जीवन बिमाले मानवीय जीवनमा प्रदान गर्ने फाइदाहरुको बारेमा जानकारी गराइन् । त्यसैगरी उनले कम्पनीद्वारा हाल सञ्चालन हुँदै आएका विभिन्न बिमा योजनाबारे पनि सहभागीलाई जानकारी दिइन् । कम्पनीले आफ्ना बीमितलाई स्वास्थ्य सुविधाअन्तर्गत ३५ प्रकारका घातक रोगविरुद्धको बिमाङ्क रकम प्रदान गर्दै आएको गौतमले बताइन् । जीवन बिमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पुँजी निर्माण गरी भविष्यमा लाभ लिन सकिने उनले बताइन् ।

कार्यक्रममा स्थानीय समाजसेवी आइतवीर सिंजालीले समाजमा हुने गरेको फजुल खर्चलाई रोकेर बिमामा बचत गराई जीवनमा आइपर्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्न सकिने बताए । कमलपोखरी गाउँ बजार क्षेत्रबाट धेरै टाढा पर्ने हुँदा यहाँ बिमाको पहुँच निकै कम भएको बताउँदै उनले यसलाई विस्तार गर्न गाउँगाउँमा पनि बिमा सचेतना तथा साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै सुनवल शाखा प्रमुख विन्दु भण्डारीले मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँदा विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बिमाले प्रदान गर्ने बताइन् । जीवन बीमाको पहुँचलाई दूरदराजका बस्तीका सामान्य नागरीकसम्म पु¥याउने उद्देश्यका साथ कमलपोखरी गाउँलाई रोजेर जीवन बिमासँग सम्बन्धित विषयमा सचेतना तथा साक्षरता कार्यक्रम सञ्चालन गरीएको उनले बताइन् । साथै सूर्यज्योति लाइफ इन्स्योरेन्सको जुनसुकै बिमा योजनाहरु ढुक्क भएर बीमालेख खरिद गर्नसमेत आग्रह गरिन् ।

सुनवल शाखाका अपरेसन इन्चार्ज इन्द्र घर्तीमगरले शहरदेखि गाउँसम्म सूर्यज्योति, घर घरमा बिमा भन्ने उद्देश्य लिएको कम्पनीले नागरिकलाई सहज रुपमा बिमा सेवा प्रदान गर्दै आएको बताए । सहभागीहरुका बिमासम्बन्धी जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिँदै उनले बिमा सबैका लागि अनिवार्य रहेको बताए ।

महलपोखरी सामुदायिक होमस्टेका अध्यक्ष मित्रबहादुर हिस्कीले अखाद्य वस्तुको बढ्दो प्रयोग, विभिन्न केमिकल र रङ मिसाएको खानेकुरा, जंग फुडको सेवनले मानिसमा गम्भीरखालका स्वास्थ्य समस्या निम्ताइरहेको अवस्थामा स्वास्थ्य उपचारमा बिमा सहयोगी बन्ने धारणा राखे ।

सम्पूर्ण जनमानसमा जीवन बिमासँग सम्बन्धित विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै समाजसेवी तेजबहादुर थापाले आर्थिक अवस्था सामान्य भएका नागरिकलाई जीवन बिमा सहयोगी बन्ने बताए । कार्यक्रममा केही सहभागीले भने पहिलो पटक बिमाबारे जानकारी पाएको पनि बताएका थिए । कार्यक्रममा सहभागी भएपछि बिमामा बारेमा सकारात्मक धारणा विकास भएको उनीहरुको भनाइ थियो ।