मुक्ति न्यौपाने
वालिङ । स्याङ्जाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पसको अध्यक्षमा उदय श्रेष्ठ निर्वाचित भएका छन । क्याम्पसको १३औँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित भएको हो ।
सदस्यहरुमा आनन्दप्रसाद पाठक, केदार काफ्ले, दिलीपकुमार बगाले, नेत्रप्रसाद पाण्डे, पदमप्रसाद पाण्डे, पुण्यप्रसाद अर्याल, भोजराज गुरुङ, रुक्मागत पौडेल, सुरेशप्रसाद गैह्रे, हेमप्रसाद गैह्रे रहेका छन् । निर्वाचन अधिकृत तेजराज शर्माका अनुसार अध्यक्षमा एकजना मात्रै उम्मेदवारी परेको थियो भने १० सदस्य हुनुपर्नेमा ११ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।
उम्मेदवारी विरुद्ध दावी विरोध र फिर्ता लिने समय बिहिबार तोकिएकोमा १ जनाले उम्मेदवारी फिर्ता लिएपछि १० जना सदस्यहरुसमेत सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै लेखा सुपरिवेक्षण तथा नियन्त्रण समितिको संयोजकमा अर्जुनप्रसाद खनाल निर्वाचित भएका छन ।
यसैबीच निर्वाचित सञ्चालक समितिले बिहिबार नै प्रमाणपत्र ग्रहण गरेका छन् । निर्वाचन अधिकृत शर्माले अध्यक्षसहित सदस्यहरु लेखा सुपरिवेक्षण तथा नियन्त्रण समिति संयोजकलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।