आरोमा हस्पिटालिटीद्वारा दीक्षान्त समारोह

मेचीकाली संवाददाता

९ चैत्र २०८०, शुक्रबार
47 shares

बुटवल । बुटवलको योगिकुटीमा रहेको आरोमा हस्पिटालिटीले संस्थामा ६ महिनाको कोर्ष पूरा गरेका विद्यार्थीहरुलाई बिहीबार दीक्षित गरेको छ । साझोरी संस्थाको रुपमा रहेको आरक भेन्चर्स प्रालि नेपालले युकेमा रहेको सिटी एण्ड गिल्र्डस्बाट सम्बन्ध प्राप्त गरी डिप्लोमा लेभलको कुलीनरी आर्टसको कक्षा सञ्चालन गर्दै आएको छ । डिप्लोमा लेभल टुको कोष पूरा गरेका दीक्षित विद्यार्थीहरुलाई मणिग्राम एक कार्यक्रम आयोजना गरी प्रमाणपत्र वितरण गरिएको हो ।

दीक्षित भएका सबै जना विद्यार्थीहरु अहिले नेपालमा स्टार होटलमा जागिरसमेत प्राप्त गरिसकेको अध्यक्ष रुपेश बस्यालले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुले प्राप्त गरेको प्रमाणपत्रको मान्यता नेपालसहित विश्वका ८० भन्दा बढी देशमा हुने गरेको छ । कार्यक्रममा सिटी एण्ड गिल्ड्स का साउथ एशिया प्रतिनिधि जयन्त चौहानले विश्वको कुनै पनि स्थानमा यो कोर्ष पूरा गरेका विद्यार्थीहरुलाई १०० प्रतिशत रोजगारीको ग्यारेन्टी भएको बताएका थिए । उनले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिँदै आगामी यात्राको सफलताको कामना समेत व्यक्त गरेका थिए । कार्यक्रममा आरके भेन्चर्सका सिइयो रिशेष केसी, आरोमा हस्पिटालिटीका डाइरेक्टर छवि पाण्डे, अभिभावक दुर्गा थापा, आवेश पौडेल, विकास गौतमलगायतले आआफ्नो भनाइ राखेका थिए ।

६ महिनाको कोर्ष पूरा गरेका बिद्यार्थीहरुले नेपालका स्टार लेभलको होटलमा काम पाउने सम्भावना सत प्रतिशत नै रहेको हुन्छ । एउटा कोर्षको ३ लाख ५० हजार रुपैयाँ खर्च रहेको छ । जसमा विद्यार्थीहरुले कोर्ष पूरा गरेपछि इन्र्टन्सीपको समेत व्यवस्था हुने गरेको छ । कार्यक्रमको सञ्चालन विकास गौतमले गरेका थिए ।