भारतमा एकैदिन ५० हजार संक्रमित थपिए

मेचीकाली संवाददाता

१३ असार २०७८, आईतवार
517 shares

काठमाडौं, असार १३ । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा १२ सय ४८ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ । अहिले भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार ४०३ रहेको र सङ्क्रमण निको हुने दर ९६ दशमलव ७५ प्रतिशत पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म ३२ करोड १७ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । भारतमा कोरोनाको डेल्टा भेरियन्ट फैलिँदै गएकाले तेस्रो लहरको जोखिम बढेको विज्ञले चेतावनी दिएका छन् । कोरोना रोकथामका लागि भन्दै भारतले खोपको महाअभियान सुरु गरेको छ ।