सहज सहकारीद्धारा निःशुल्क स्वास्थ शिविर सम्पन्न

मेचीकाली संवाददाता

१० चैत्र २०८०, शनिबार
606 shares

बुटवल । सहज बचत तथा ऋण सहकारी संस्थाले पाठेघर स्क्रिनिङ भिआइए चेकजाच तथा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ । बुटवल–७ शिवनगरस्थित सस्थाको केन्द्रीय कार्यलयमा महिला सदस्यहरुलाइ लक्षित गरि स्वास्थ शिविर आयोजना गरीएको हो ।

नेपाल परिवार नियोजन सङ्घ रुपन्देहि तथा लायन्स क्लव अफ बुटवल चौतारि को प्राविधिक सहयोग मा सस्था का करिब दुइ सय महिला सदस्य को स्वास्थ परिक्षण गरि निशुल्क औषधि समेत वितरण गरिएको सस्थाका अध्यक्ष ओमप्रकाश अर्यालले जानकारी दिए । परिक्षण मा ५ जना मा मात्र भि आइ ए पोजेटिभ देखिएको एफ पान रुपन्देहिका स्वस्थ्य कर्मि विष्णु माया गुरुङ ले जानकारी दिए । सस्थापक अध्यक्ष दिलिप रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स कल्व अफ बुटवल चौतारीका अध्यक्ष राम्जि नेपाल, कर्यक्रम संयोजक विष्णुमाया भन्डारी सचिव पार्वती न्यौपाने लगायतले बोलेका थिए ।

संस्थाले वार्षिक कार्यक्रम अन्तर्गत हरेक वर्ष शेयर सदस्यहरुको लागि विभिन्न स्वास्थ्य परिक्षण कार्यक्रम गर्दै आएकोमा यस वर्ष महिला लक्षित कार्यक्रम गरेको वरिष्ठ उपाध्यक्ष विशाल बेल्बासेले बताए । १ हजार ५ सय बढि शेयर सदस्य रहेको सहकारिमा करिब ८ सय महिला शेयर सदस्य रहेका छन् । बुटवल–७ मा केन्द्रीय कार्यलय रहेको सहकारीको तिलोत्तमा–४ सेवा केन्द्र सञ्चालमा छ ।