कृषि विकास बैंक लुम्बिनी प्रदेशद्धारा व्यवसाय प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१० चैत्र २०८०, शनिबार
294 shares

बुटवल । कृषि विकास बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालय भैरहवाको आयोजनामा शनिबार व्यवसाय प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य संघ, उद्योग परिसंघ, नेपाल ब्यापार संगठन, चेम्बर अफ कमर्स (सिद्धार्थनगर, तिलोत्तमा, बुटवल) सँग आवद्ध उद्यमी/व्यवसायी र कृषि विकास बैंकविच व्यवसाय प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरीएको हो ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको अध्यक्षता, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यता तथा कृषि विकास बैंकका उप–महाप्रवन्धक यज्ञप्रकाश न्यौपानेको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले अन्य प्रतिष्पर्धी बैंकहरुले मन्दीको समयमा आफ्ना ग्राहकहरुलाई निकै दवावमा पारेको तर कृषि विकास बैंकले सहयोगी भुमिका खेलेको बताए । कृषि विकास बैंकलाई व्यबसायीहरुको तर्फबाट धन्यवाद दिंदै विगतमा बैंकबाट विभिन्न कारणले पलायन भएका ग्राहकरुलाई फर्काउने अभियान चलाउन उनले आग्रह गरे ।
कृषि विकास बैंक प्रदेश कार्यालय भैरहवाका निर्देशक नारायाण प्रसाद आचार्यले कार्यक्रमको उद्देश्य तथा औचित्यताबारे जानकारी गराउँदै स्वागत मन्तब्य राखेका थिए । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका महासचिव जे.पी कंडेलले घर आगनको बैंक कृषि विकास बैंकले आफूलाई अझै परिमार्जित गर्दै बजारमा आफूलाई चिनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा मार्केटीङ तथा सेल्स विभाग विभागीय प्रमुख बीना शर्माले कृषि विकास बैंकको संक्षीप्त परिचय प्रस्तुत गरीन । कर्जा तथा टे«ड फाईनान्स विभागका विभागीय प्रमुख सुदिप कुमार दाहालले कर्जा सुविधा सम्बन्धी जानकारी गराएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मञ्जु भुसालले निर्माण व्यबसायीको माझमा बैंक लोकप्रीय रहेको बताउँदै सहज रुपमा सेवा पदान गर्न आग्रह गरीन् ।

उद्योग बाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले बैंकको नामै काफी भएको बताउँदै परम्परागत कार्यशैलीबाट अझै माथि उठ्न सकेमा बैंकसँग प्रशस्त सम्भावना रहेको बताए । उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष हरिप्रसाद अर्याललृ कृषि क्षेत्रको लगानीमा अग्रणी भुमिका रहेको यस बैंकलाई कृषिकै क्षेत्रमा मात्र ओरियन्टेड गराएर कृषि उत्पादकत्व बढाउन तर्फ राज्यले सोच्नुपर्ने बताए । होटल एसोसियसन नेपालका केन्द्रीय सदस्य तथा सानका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले कृषि विकास बैंकले पर्यटन क्षेत्रमा समेत आफ्नो व्यवसायलाई वृद्धी गर्नुपर्ने बताए ।

यस्तै, उद्योगी व्यबसायीहरुले बैंकले पछिल्लो समय आफ्ना क्रियाकलाप र कर्मचारीहरुलाई चुस्त बनाउँदै लगेको तर अझैपनि कृषि विकास बैंकले कृषिमा मात्रै लगानी गर्छ भन्ने भ्रम रहेकोले प्रतिष्पर्धी बजारमा आफ्नो बजारलाई सबै क्षेत्रमा समेट्न नसकेको बताएका थिए । कृषि बिकास बैंकलाई आम मानिसले आफ्नो बैंकको रुपमा चिन्ने हुँदा प्रशस्त बजार सम्भावना बोकेको बैंकले यस्ता कार्यक्रम गरेर उद्योगी व्यवसायीमाझ आफूलाई अझ अव्वल बैंक सावित गर्न सफल भएको बताएका थिए ।

कार्यक्रममा उद्योग व्यपार संघ तिलोत्तमाका अध्यक्ष प्रेम थापा, रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटा, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, रुपन्देही व्यापार संघका अध्यक्ष दिपकप्रसाद अधिकारी, तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपाने लगायत विभिन्न संघ, संगठनसँग आवद्ध पदाधिकारी, उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

यस्तै कार्यक्रममा कृषि विकास बैंक प्रदेश कार्यालय भैरहवाका बरिष्ठ शाखा प्रमुख पिताम्बर गौतम, शाखा प्रमुखहरु यादवप्रसाद भट्राई, यमप्रसाद आचार्य, भैरहवा शाखाका प्रबन्धक विनोद के.सी, सिद्धार्थनगर शाखाका नभराज कार्की, खस्यौली शाखाका प्रबन्धक अर्जुन खनाल, बुटवल शाखाका प्रबन्धक बाबुराम खत्रीको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सहभागीहरुले सोधेका प्रश्न र जिज्ञासाको सम्बोधन गर्दै धन्यबादसहित कार्यक्रम समापन गरेका थिए । कार्यक्रमको सञ्चालन कृषि विकास बैंक लुम्बिनी प्रदेश कार्यालय भैरहवाका बरिष्ठ शाखा प्रमुख सीमा बनले गरेकी थिइन् ।