कपिलवस्तुमा एसइई परीक्षाको पहिलो दिन १०१ जना विद्यार्थी अनुपस्थित

मेचीकाली संवाददाता

१५ चैत्र २०८०, बिहीबार
102 shares

सुनिल आचार्य

कपिलवस्तु । कपिलवस्तुमा माध्यमिक शिक्षा परिक्षा (एसइई) को पहिलो दिन १ सय १ जना विद्यार्थी अनुपस्थित रहेका छन् ।

बिहीवारबाट सुरु भएको एसइईको पहिलो दिन नियमित तर्फ ८९ र ग्रेड वृद्धि तर्फ १२ जना अनुपस्थित रहेको शिक्षा तथा समन्वय ईकाई कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लाका १ सय ४७ विद्यालयका ८ हजार ३ सय २३ जना नियमित तर्फ र २ सय ९५ ग्रेट वृद्धि तर्फ उस्थित रहेको शिक्षा तथा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरेले बताए ।

जिल्लामा कुल ९ हजार ५८ जनाले परिक्षामा सहभागी हुने गरी तयारी गरिएको थियो । कपिलवस्तुमा ३ जना दृष्टिबिहीन समेत परिक्षामा सामेल भएका छन् । बुद्धभुमी नगरपालिका वडा नम्बर १ भेलाई स्थित सिद्धार्थ स्मारक माविका दृष्टिबिहीन सुरेन्द्र चौधरी, रेखा गिरी र अनुप खनाल बुद्धभुमी नगरपालिका २ स्थित गौतम बुद्ध माबि परिक्षा केन्द्रमा सहभागी भएको शिक्षा समन्वय ईकाईका अधिकृत चोपलाल बेल्बासेले बताए ।

परिक्षा शान्त र मर्यादित रुपमा भएको शिक्षा तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरले बताए । परीक्षाको जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, लुम्बिनी प्रदेश मन्त्रालय , लुम्बिनी प्रदेशको शिक्षा बिकास निर्देशनाय, जिल्ला प्रशासन कार्यालयको सुरक्षा निकाय, स्थानियतह, लगाएतको टोलिले स्थलगत अनुगमन गरेको थियो । परिक्षा शान्त पूर्ण वातावरणमा सम्पन्न भएको छ ।