वागेश्वरी कला केन्द्र रजत जयन्ती मनाउँदै

मेचीकाली संवाददाता

१६ चैत्र २०८०, शुक्रबार
412 shares

बुटवल । बुटवललाई संगीतको परिचय दिन सिकाएको बागेश्वरी कला केन्द्र तथा संगीत एकेडेमी २५ औं वर्ष लागेको छ । बुटवल–९ मिलनचोकस्थित संगीत एकेडेमीले रजत जयन्त समारोह विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो । आगामी २०८१ वैशाख ८ गते रजत जन्यती पारेर विभिन्न कार्यक्रम गर्न लागेको कला केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

कला केन्द्रका सञ्चालक लालिमा श्रेष्ठका अनुसार रजत जयन्तीको अववसरमा नेपालका चर्चित बाशुरी वादक नगेन्द्र विक्रम राई, युवा तबला वादक, निमेश कपालीको आकर्षक प्रस्तुति रहने छ । त्यस्तै भरत नाटयम का प्रभावशाली कलाकार युवराज गुरूङले सास्त्रीय नृत्य प्रस्तुत गर्नेछन । त्यस्तै विशाल भटटराईले धुपद गायन प्रस्तुत गर्नेछन भने, भारतको गोखरपुरदेखि पण्डित डा.सारदमणि त्रिपादी पनि कार्यक्रममा सहभागी हुने श्रेष्ठले बताइन् ।

बागेश्वरीले बुटवलमा ललितकला, गायन, वादन र नृत्य विधा सिकाउने थलोको रुपमा विकास भएको बुटवलको अग्रणी संस्था हो । एकेडेमीबाट उत्पादित विद्यार्थीले देश विदेशमा विभिन्न प्रतियोगिताहरु जितेर उपाधि ल्याएका छन् ।
एकेडेमीका व्यवस्थापक दावा शेर्पाका अनुसार वागेश्वरी संगीतालयमा प्रशिक्षण लिएका धेरै व्यावसायिक ढंगले कलाकर्ममा लागेका छन् ।

केन्द्रमा कार्यक्रम गोष्ठी, नाटक कार्यशाला र नाट्क प्रदर्शनी हुँदै आएको छ । अहिले एकेडेमीमा १५० जना विद्यार्थी र १५ जना कर्मचारी रहेका छन । विद्यार्थीको लागि गाडीको व्यवस्था छ ।