ज्योति भविश्वर बहुमुखी क्याम्पसमा धार्मिक महोत्सव हुने

मेचीकाली संवाददाता

१७ चैत्र २०८०, शनिबार
86 shares

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका ठाडामा रहेको ज्योति भविश्वर बहुमुखी क्याम्पसले धार्मिक महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख बिष्णुप्रसाद भट्टराईले आगामी वैशाख १ गतेदेखि ९ गतेसम्म महोत्सव सञ्चालन हुने बताए ।

अलपत्र परेको क्याम्पसको भवन निर्माण र शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि महोत्सव गर्न लागिएको उनले बताए । साथै अर्घाखाँची शीतगङ्गा शैक्षिक तथा पर्यटन प्रवद्र्धनका लागि धार्मिक महोत्सव’ भन्ने मूल उद्देश्य रहेको क्याम्पस प्रमुख भट्टराईले बताए ।

ठाडास्थित डमरु दहमा सञ्चालन हुने महोत्सवलाई सम्पन्न गर्नका लागि विभिन्न समिति, उपसमिति निर्माण गरी आबश्यक तयारी गरिएको क्याम्पसका अध्यक्ष कुमार केशवसिंह बेल्बासेले जानकारी दिए । महोसत्वबाट १ करोड रकम संकलन गर्ने अपेक्षा गरिएको छ ।