पश्चिम नेपाल बस व्यवसायी प्रालिमा खरेल समूहको प्यानलै विजयी

मेचीकाली संवाददाता

१८ चैत्र २०८०, आईतवार
68 shares

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा।लि। को शनिबार सम्पन्न अधिवेशनमा दधिराम खरेल नेतृत्वको प्यानलै विजयी भएको छ । प्रालिको दोस्रो अधिवेशनमा आगामी ४ वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार खरेलले १ हजार ४३६ मतसहित विजयी भएका हुन् ।

यसैगरी सञ्चालक समितिको सदस्यहरुमा खरेल प्यानलकै रामचन्द्र खड्काले १ हजार २८३, जितेन्द्र खत्री १ हजार ३३१, नारायण प्रसाद भण्डारी १ हजार २५१, नारायण प्रसाद घिमिरे १ हजार २६३, गोपाल बहादुर पौडेल १ हजार ३८६, चेत नारायण बेल्वासे (गोली नारायण) १ हजार ३२६, रामचन्द्र भुसाल १ हजार ४६७, सुरेन्द्र श्रेष्ठ १ हजार ३८४, मोहन पिएस १ हजार ४४० र जीवन कुमार बन्जाडे १ हजार ३४७ मतसहित विजयी भएका हुन् ।

बुटवल उपमहानगर वडा नम्बर ७ का अध्यक्ष समेत रहेका पदम बहादुर गाहाको प्यानल पराजित भएको हो । उनले ६५९ मत प्राप्त गरेका थिए ।

समितिको रुट संयोजकतर्फ पनि खरेल प्यानलकै उम्मेदवार विजयी भएका छन् । रुट नम्बर १ मा जीवन रेग्मी, २ मा विधानराज श्रेष्ठ, ३ मा बिजय कुमार तिवारी, ८ मा सागर पिएस र १६ मा लिलाधर खनाल निर्विरोध भएका थिए ।

यस्तै रुट नम्बर ४ मा थमन बहादुर बस्नेत (कपिल) २५ मतसहित विजयी भए भो रुट नम्बर ५ मा कमल बहादुर क्षेत्री ४८ मत, रुट नम्बर ६ मा रामभगत चौधरी ७२ मत, ७ मा शंकर ज्ञवाली (प्रकाश) ७०, ९ मा हिमाल श्रेष्ठ १०० मत, १० मा युवराज नेपाल ७०, ११ मा सुर्यप्रकाश ढुङगाना ६४ मत, रुटनम्बर १२ मा मन बहादुर पौडेल १०० मत, रुट १३ मा टेकराज भट्टराई (रामु) ८१ मत, १४ मा डोरनाथ ढकाल ८० मत र १५ मा प्रकाश बन्जाडे १४१ मतसहित विजयी भएको निर्वाचन समिति संयोजक रामराज पोखरेलले जानकारी दिए ।