विजय टोल विकास संस्थाद्वारा क्यालेण्डर विमोचन

मेचीकाली संवाददाता

१८ चैत्र २०८०, आईतवार
55 shares

बुटवल । बुटवल उपमहानगरपालिका–१३ स्थित विजय टोल विकास संस्थाले वि.सं २०८१ सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमसम्पन्न गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष यमप्रसाद गैरे, जनप्रतिनिधि लालबहादुर थापा, धुव्र थापा, कृष्ण सुनारलगायतले संयुक्त रुपमा विजय टोल विकास संस्थाद्वारा प्रकाशित नववर्ष २०८१ सालको क्यालेण्डरको विमोचन गरेका हुन् । उक्त कार्यक्रममा जनप्रतिनिधि लालबहादुर थापा, कृष्ण सुनार, धुव्र थापा, बाबुराम पोखरेल, पुनाराम घिमिरेलगायतले बोल्दै नयाँ वर्षको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष गैरेले संस्थाबारे जानकारी गराउँदै आगामी योजनाहरु सार्वजनिक गरेका थिए ।

सोही कार्यक्रममा विजय टोल विकास संस्थाको मिनिपार्क बनाउनको लागि राजिव रानाले ५१ हजार, बाबुराम पोखरेलले १० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए । यस्तै अन्य ११ जना सदस्यले ५ हजार एक सयका दरले सहयोग प्रदान गरेका थिए । सहयोगी दाताहरुलाई सम्मानसहित प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रम मञ्जु पौडेलको स्वागत तथा धुव्र सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।