अन्नपूर्ण सहकारीद्धारा निःशुल्क स्वास्थ्य शिविर

मेचीकाली संवाददाता

१९ चैत्र २०८०, सोमबार
47 shares

बुटवल । बुटवल–७ दीपनगरस्थित अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमबार बुटवलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीले शिविर आयोजना गरिएको थियो । सो अवसरमा बोल्दै सहकारी संघ, रुपन्देहीका अध्यक्ष भीमप्रसाद तुलाचनले बुटवलमा सहकारी अब्बल रहेको बताए । उनले सहकारी आर्थिक कारोबारमा मात्र केन्द्रित नभई सामाजिक काम पनि गर्दै जानुपर्ने बताए ।

शिविरमा सुगर, प्रेसर, आँखा र रगतको जाँच गरी औषधि वितरण गरिएको सहकारीका अध्यक्ष बालकृष्ण बस्यालले जानकारी दिए । सहकारीका ६०० जना शेयर सदस्य र स्थानीयहरुले शिविरबाट फाइदा लिएको अध्यक्ष बस्यालको भनाइ छ । शिविरमा डा.अखिलेस यादव र ल्याव क्षेत्रबाट रमेश पाण्डेको टीमले चेकजाँच र उपचार गरेका थिए ।

सहकारीले हरेक महिना सामाजिक कार्य गर्दै आएको सहकारीका सचिव खिमराज ज्ञवालीले बताए । सहकारीका सदस्य यामलाल मरासिनीले सहकारी मजबुद र बलियो रहेको बताउँदै अब्बल रुपमा अघि बढेको बताए । सहकारीले लगतै ६० वर्ष माथिका जेष्ठ सदस्यलाई तिर्थाटन र विभिन्न प्रजातीका विरुवा वितरण गर्ने योजना पनि बनाएको छ । सहकारी दिवसमा हरेक वर्ष शिविर गर्दै आएको छ ।