शैक्षिक गुणस्तर सुधारमा चारपाला सामुदायिक वन

मेचीकाली संवाददाता

२० चैत्र २०८०, मंगलवार
234 shares

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल उपमहानगरपालिका वडा नम्बर– १२ विद्यालयको शैक्षिक सुधारमा जुटेको छ । वनले मंगलबार शुद्धोधन गाउँपालिका वडा नम्बर–६ गुरौलीस्थित गुरौलिया माध्यामिक विद्यालयललाई डेक्स बेन्च हस्तान्तरण गरेको छ । वनका अध्यक्ष जगतनाथ शर्माले वनले शैक्षिक सुधारको लागि विद्यालयहरुलाई डेक्स बेन्च हस्तान्तरण गर्दै आएको बताए । मंगलबार गुरौलियमा माविलाई ३७ सेट डेक्क बेन्च उपलब्ध गराइएको बताए । सबै उपभोक्ताले वनको अपनत्व लिँदै गएर प्रयोग गदै जानुपर्ने अध्यक्ष पौडेलले बताए ।

कार्यक्रममा शुद्धोधन गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उपेन्द्र साहनीले आगामी दिनमा पनि वनको विद्यालयललाई सहयोग आवश्यक रहेको बताए । वनका पूर्व अध्यक्ष ओमप्रकाश ठाकुरले वनले संरक्षणबाट बचेको रकमबाट विधालय र सामुदायिक विकास गर्दै आएको बताए । अर्का पूर्व अध्यक्ष दुर्गा सुवेदीले साधन र वनको स्रोतले भ्यायसम्म सामाजिक कार्य गर्दै जानुपर्ने बताए । विद्यालयका प्रधानाध्यापक कृृष्णप्रसाद ज्ञवालीले विद्यालय आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताए ।

यसैगरी वनले शुद्धोधनकै राधाकृष्ण बाल आधारभूत विद्यालयलाई १२ थान बालमैत्री टेवल हस्तान्तरण गरेको छ । वनका उपाध्यक्ष रामकुमारी पौडेलको स्वागत तथा सचिव दुर्गा पाठकको सञ्चालनमा कार्यक्रम भएको थियो । वन विभिन्न टोल विकास संस्था, धार्मिक संस्था, जेष्ठ नागरिक मिलन केन्द्र, संस्कृति विद्यापिठ, विरामीहरुलाई उपचारमा सहयोग गर्दै आएको छ । उपभोक्ताको हिसावले चारपाला देशकै ठूलो सामुदायिक वन हो ।