स्काउट आधारभूत तालिम दमकडामा सुरु

मेचीकाली संवाददाता

२३ चैत्र २०८०, शुक्रबार
388 shares


नेत्र गैरे

पाल्पा । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजना ६ दिने स्काउट ५६० औं बि.टि.सी. र ४११आंै पि.टि.सी.तालिम तानसेन ९ दमकडामा सुरु भएको छ ।


तालिममा पाल्पा र गुल्मी जिल्लाका माध्यमिक तथा आधारभूत विद्यालयका १८ जना पुरुष शिक्षक र १८ जना महिला शिक्षिकाहरूको सहभागिता रहेको छ । तालीम यहि चैत्र २३ देखि २८ सम्म संचालन हुने नेपाल स्काउट स्थानिय स्काउट समिति तानसेन नगरपालिकाका आयुक्त माधब खनालले बताए ।


तालिम उद्घाटन समारोहका प्रमुख अतिथि सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख मित्र प्रसाद गौतमले स्काउटको माध्यम बाट भएका गतिविधिले बिद्यालय, समुदायमामा बालबालिकाको सकारात्मक भुमिका रहने बताए । उनले पाल्पा र गुल्मीलाई समेटेर तालिम आयोजना गरिएको बताउदै हरेक बिधालय, समुदायमा र बिधार्थीको व्यवहारमा परिवर्तन गर्न स्काउटीङ गतिविधि संचालनगर्न तालिम सार्थक हुने बताए ।
उद्घाटन समारोहमा पुरुष कोर्षका कोर्ष लिडर सत्य नारायण शाहीले बालबालिका र युवाहरुलाई व्यापक रूपमा स्काउटिङ्ग अभियानमा सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गरी राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागी गराउने उदेश्यले तालिममा बिशेष जोड दिएको बताए ।


कार्यक्रममा दमकडा नमुना बिद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले बालबालिकाको चौतर्फी बिकासमा स्काउट गतिविधीले महत्वपूर्ण भूमीका खेल्ने बताए ।
स्थानिय स्काउट समिति तानसेन नगरपालिकाका आयुक्त माधब खनालले स्काउटीङको माध्यमबाट विभिन्न सामाजिक र चेतनामुलक कार्यक्रम संचालन गर्न सकिने हुँदा तालिममा सिकेका ज्ञान सीपलाई बालबालिकाको व्यवहार परिवर्तनमा लगाउन आग्रह गरे ।


तालिममा स्काउटको इतिहास यसले गर्ने काम ,बिपदमा गरिने काम , पद यात्रा र त्यसका फाइदा ,क्याम्प फायरको महत्व, डोरी गाठो ,सामाजिक परोपकारका काम ,प्राथमिक उपचार , लगायतका जीवन उपयोगी सिप सिकाइने कोर्ष लिडर शाहीले बताए । आवासिय रुपमा ५ रात ६ दिन सम्म चल्ने तालिमको सहजीकरण पुरुष कोर्ष लिडर सत्य नारायण शाही, महिला कोर्ष लिडर रुविना छुत्याबाग,काउन्सिलर नेत्र गैरे, रमेश गैरे , गिरीराज पाठक, बल बहादुर खप्तरी, शुसिला गोदार, बिष्णु हिताङ्ग, शोभा भट्टराई र उषा पल्ली लगायतले तालिमको सहजीकरण गर्ने माधव खनालले बताए ।