कानुनी पशमर्श अनुसार नै मुद्धा दर्ता गरेका हौँः नगरप्रमुख थापा

मेचीकाली संवाददाता

२३ चैत्र २०८०, शुक्रबार
274 shares

अनिल नेपाली

अर्घाखाँची । भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले नाफा लिनका लागि नगरपालिकाको लेटव्याड र हस्ताक्षर दुरुप्रयोग गरेकोले कानुनी पराभर्श राय अनुसार विजया सिमेन्ट कम्पनीलाई मुद्धा दर्ता गरेको बताए ।
भुमिकास्थान नगरपालिका नगर उपप्रमुख बालकृष्ण बन्जाडेको नेतृत्वमा कार्यपालिका सदस्यले गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गदै थापाले यस्तो बताएका हुन् ।

थापाले सद्भाब र एकताका साथ अगाडि बढेको नगरपालिकालाई आच पु¥याउने गरी केही तत्वले आफुहरु माथि निरन्तर प्रहार गरि नगरपालिकाको सदभाब र एकतामा आच पु¥याउने गरि गरेको काममा कानुनी पशमर्श अनुसार अगाडि बढि रहेको मुद्धालाई सबैले सहयोग गनुपर्ने बताउदै विधिगत रुपमा प्रक्रियागत अगाडि बढिरहेको प्रक्रियालाई अनुसन्धानमा सहयोग गरी दोषीलाई कानुनी दायरामा ल्याउनु सबैको दायित्व भएकोले यसमा सहयोग गनुपर्ने बताए ।

कार्यक्रममा भुमिकास्थान नगरपालिका उप प्रमुख बालकृष्ण बन्जाडेले नगरपालिका माथि गम्भीर प्रश्न खडा भएतापनि नगर प्रमुख जिम्मेबार नबन्नु दुखद भएकोले नगर प्रमुखले कम्पनीले आरोपीत गरेका व्यक्तिलाई मुद्धा नगरी सबेदनशील विषयलाई लुकाउन खोजेको बताएका थिए । कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा न ५ का अध्यक्ष जयगोपाल श्रेष्ठ, ६का प्रेमनारायण बेल्बासे, १० का अध्यक्ष खगीश्बर पन्थी लगायतले मन्तब्य राख्दै सबेदनशील विषयमा नगर प्रमुख जिम्मेबार हुनुपर्ने बताएका थिए । नगर उपप्रमुख लगायतका कार्यपालिका सदस्यले खानी विभागबाट आएको पत्र लुकाएर सुचनाको हकबाट बन्जित गरेको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

कानुनी प्रक्रियामा सघाउँछुः प्रबक्ता सुनार
भुमिकास्थान नगरपालिका वडा न ४ का अध्यक्ष तथा नगर प्रबक्ता बाबुराम पन्थी सुनारले आफु माथि बिजया सिमेन्ट कम्पनीले गरेको आरोपको लागि कानुनी निकायका जुनसुकै प्रक्रियामा सहभागि भई सहयोग गर्ने बताए । आफु जिम्मेबार जनप्रतिनिधि भएकोले नगर प्रमुख झविलाल थापाको कुनै हस्ताक्षर किर्ते गनुपर्ने आधार नभएकोले आफुलाई अपमान गर्न सामाजिक सञ्जालमा र केही राजनितिक दलले आरोप प्रत्यारोप गरि आफुलाई आच पुयाउने काम आफुलाई शैय नहुने बताउदै आफु दोषी ठहरिए जनताको बिचमा सार्बजनिक रुपमा आफ्नो पदबाट राजिनामा दिने बताए । सामाजिक सञ्जालमा आएजस्तो आफ्नो बिजया सिमेन्टसँग कुनै सम्वन्ध नरहेको बताएका थिए । बिजया सिमेन्टले बाबुराम पन्थी लगायतका केही व्यक्तिलाई आरोप लगाएको थियो ।