देवसिद्ध समाज सुधार समितिको साधारण सभा

मेचीकाली संवाददाता

२४ चैत्र २०८०, शनिबार
63 shares

बुटवल । देवसिद्ध समाज सुधार तथा विकास समिति बुटवल–११ को पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । सो अवसवरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमख खेलराज पाण्डेयले देवीनगर क्षेत्रमा अगाडि सारिएका विभिन्न विकासका आयोजनाले छिट्टै मुहार फेर्ने बताए । पाण्डेयले देवीनगर क्षेत्रमा १०० बेड अस्पताल बनाउने योजना पनि अगाडि बढिरहेको बताए ।

उनले भने, ‘देवसिद्धचोकमा हाइमास्क लाइट जडान हुँदैछ । रंगशाला मार्ग निर्माणको काम अगाडि बढदैछ । त्यस्तै मोतिपुर औद्योगिक क्षेत्रको काम अगाडि बढेपछि देवीनगर क्षेत्रको मुहार परिवर्तन आउछ ।’ मेयर पाण्डेयले नगरपालिकाले यस क्षेत्रका अन्य योजनाहरुमा पनि साथ र सहयोग गर्ने बताए ।

समितिका अध्यक्ष पूर्णानन्द गिरीले १२६ जना आजीवन सदस्यहरु तथा ७१२ जना साधारण सदस्य समितिमा आबद्ध रहेको बताए । उनले समाज देवसिद्ध क्षेत्रको अग्रणी संस्थाको रुपमा परिचित रहेको बताए । कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र खनाल, बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भटटराई, माओवादी नेता सुजीत विक, महिला उद्यमी ज्ञानु केसी, दिपावली सहकारीका अध्यक्ष चण्डीप्रसाद न्यौपाने, समितिका संस्थापक सचिव तथा सल्लाहकार लोकराज शर्मा लगायतले बोलेका थिए ।

समितिका अध्यक्ष पूर्णानन्द गिरीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष लालबहादुर थापाको स्वागत तथा सचिव यज्ञप्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ ।