लुम्बिनी फोटोग्राफर संघको अध्यक्षमा अर्याल

मेचीकाली संवाददाता

२५ चैत्र २०८०, आईतवार
53 shares

बुटवल । लुम्बिनी फोटोग्राफर संघको १७ औं साधारणा सभा तथा छैठौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले दिनेश अर्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा रामप्रसाद भण्डारी, प्रथम उपाध्यक्षमा माधवप्रसाद पन्थ, द्धितिय उपाध्यक्षमा मनबहादुर क्षेत्री, महासचिवमा त्रिभुवन पाण्डे, सचिवमा कमला घर्ति, सह–सचिवमा गिता पंगेनी र कोषाध्यक्षमा काशिराम पोखरेल चयन भएका छन् ।

यस्तैगरी सदस्यहरू आकाश पन्थ, नविन खरेल, दिपक भट्टराइ, वेचन्दर यादव, ज्ञान प्रसाद पाण्डे, जिवन अर्याल, गिता कंडेल, सुरज भुसाल, लोकहरी पाण्डे, हिरा बहादुर थापा, थान प्रसाद डुम्रे चयन भएका छन् ।

यस्तै, लेखा संयोजकमा दिपक पौडेल र सदस्यमा विष्णु प्रसाद पोखरेल चयन भएका छन् । नेपाल फोटोग्राफर महासंघका संयोजक महेन्द्रप्रसाद चापागाईको प्रमुख अथित्यता तथा निवर्तमान महासचिव माधवप्रसाद पन्थको सञ्चालनमा कार्यक्रम भएको थियो ।