देवसिद्ध समाज सुधार समितिमा नयाँ नेतृत्व

मेचीकाली संवाददाता

२५ चैत्र २०८०, आईतवार
56 shares

बुटवल । देवसिद्ध समाज सुधार तथा विकास समिति बुटवल–११ को पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले पूर्णानन्द गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सारदा घिमिरे, सचिवमा दुर्गा प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा मणिप्रसाद अधिकारी र सहसचिवमा दुर्गा बहादुर खत्री चयन भएका छन । यस्तैगरी सदस्यहरुमा जीवलाल बस्याल, मनोज विक, गंगा ज्ञवाली र वेदप्रसाद पौडेल रहेका छन् ।

यस्तैगरी लेखा समितिको संयोजकमा हरिप्रसाद उपाध्याय र सदस्यहरुमा युवराज खनाल र नारायणप्रसाद शर्मा गैरे चयन भएका छन । यस्तैगरी निर्वाचन मण्डलका संयोजकमा यदुनाथ पाण्डे र सदस्यहरुमा भरत पाठक र शंकरप्रसाद काफ्ले रहेका छन । सो अवसरमा संस्थापक पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो ।