सियारीमा अपाङ्गता परिचयपत्र वितरण

मेचीकाली संवाददाता

१० भाद्र २०७८, बिहीबार
649 shares


तुलसीराम पौडेल
सियारी, भाद्र ९
रुपन्देहीको सियारी गाउपालिकामा अपाङ्गता परिचयपत्र वितरण भएको छ।नेपाल सरकारले अपाङ्गता अधिकार ऎन २०७४ लागु गरेपछि स्थानीय सरकारले कार्यविधि निर्माण गरी अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको छ।स्थानीय सरकारको कार्यविधि अनुसार चार प्रकारका अपाङ्गता परिचयपत्र रहेका छन् । अपाङ्गको अवस्था हेरेर रातो ,निलो ,पहेँलो र सेतो कार्ड दिने गरिन्छ ।
पुर्ण अशक्त अर्थात अरुको सहयोग विना दैनिक क्रियाकलाप केहि पनि गर्न नसक्नेलाई रातो कार्ड वितरण गरीएको रास्टिय अपाङ्ग महासघ लुम्बिनी प्रदेशका सदस्य सावित्री घिमिरेले बताउनु भयो ।
त्यसै गरी अतो अशक्त अथवा अरुको सहयोगबाट आफ्नो दैनिक क्रियाकलाप केही मात्रमा गर्न सक्ने खालको अपाङ्ग भएकालाई निलो कार्ड ,कृतिम चिजहरुको प्रयोग गरेर दैनिक क्रियाकलाप आफै सम्पादन गर्न सक्नेलाई पहेँलो कार्ड र अपाङ्ग भएपनि दैनिक क्रियाकलापमा अवरोध नपुग्नेलाई सेतो कार्ड वितरण गरीने रास्टिय अपाङ्ग महासघ लुम्बिनी प्रदेशका सदस्य घिमिरेले बताउनु भयो । महिला विकास शाखा जिल्लामा वितरण हुने अपाङ्ग परिचयपत्र वितरण कार्यक्रम अहिले स्थानीय निकायबाट भैरहेको उहाले बताउनु भयो ।
सियारी गाउपालिका उपाध्यक्ष एवं अपाङ्ग परिचयपत्र वितरण स्थानीय समन्वय समिति सियारीको संयोजक अमृता गुरुङले सियारी गाउपालिकामा अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम प्रत्येक महिना निरन्तर रूपमा गरीएको बताउनु भयो।हिडडुल गर्न नसक्ने व्यक्तिको घर घरमा गएर भएपनि सियारी गाउपालिकाले अपाङ्ग परिचय पत्र वितरण गरेको छ।अपाङ्गलाई आत्मनिर्भर बनाउनको लागि गाउपालिकाले स्वरोजगार कार्यक्रम अन्तरगत झोला तथा जुत्ता बनाउने तालिम दिइएको गाउपालिका उपाध्यक्ष गुरुङले बताउनु भयो ।साथै अपाङ्गहरुको लागि व्हिल चेयर ,छडी लगायतका सामानहरु वितरण गर्दै आएको उहाले बताउनु भयो ।डा. सागर न्यौपानेले वार्डले सिफारिस गरेका अपाङ्गलाई शारीरिक परिक्षण गरेर मात्र अपाङ्गको परिचयको लिस्टमा सनाखत गरिएको बताउनु भयो । बुधबार सियारी गाउपालिकामा १६ जना अपाङ्गहरुलाई परिचयपत्र वितरण गरीएको थियोे ।जस अन्तरगत रातो कार्ड पाउने ५ जना ,निलो कार्ड पाउने ६जना र पहेँलो कार्ड पाउने ५ जना रहेका छन् ।परिचय पत्र वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई ,वाड नम्बर ५ की महिला सदस्य देवकी खरेल ,महिला विकास निरीक्षक बिस्णु कुमारी क्षेत्री,शान्ता पौडेल लगायतको उपस्थिति रहेको थियोे ।