विदेश जान नपरोस् एक छाक खानलाई

मेचीकाली संवाददाता

२ बैशाख २०८१, आईतवार
845 shares

प्रकाश पाण्डे

२०८१ साल लाग्यो नेपालमा
शुभकामना छ यहाँ नयाँ सालमा

मेलमिलाप भइरहोस् वरपरमा
सुख शान्ति भई रहोस् घरघरमा

२०८१ साल लाग्यो नेपालमा
शुभकामना छ यहाँ नयाँ सालमा

ईश्वरले हामीमाथि न्याय नै गरोस्
छोराछोरी विदेशतिर जान नपरोस्

घरघरमा खान पुगोस् सबै जनालाई
विदेश जान नपरोस् एक छाक खानलाई

२०८१ साल लाग्यो नेपालमा
शुभकामना छ यहाँ नयाँ सालमा

किसान वर्ग सबैका खेती भइरहोस्
इन्द्रजीका कृपाले पानी आइरहोस्

कर्मचारी हिँड्न पाउन सधैँ डटेर
व्यापारी भाई खुसी होउन समान बिकेर

२०८१ साल लाग्यो नेपालमा
शुभकामना छ यहाँ नयाँ सालमा

जनता सबै खुसी होऊन् गाउँगाउँमा
विकासको मूल फुटोस् ठाउँठाउँमा

दुःख कष्ट, नपरोस् सबै जनालाई
ढुक्कले पुगोस् यहाँ खाना खानलाई

सबैलाई पुगोस् यहाँ मिठो खाएर
कसैलाई दुःख नहोस् रोग लाएर

२०८१ साल लाग्यो नेपालमा
शुभकामना छ यहाँ नयाँ सालमा ।।
(सैनामैना–२, दीपज्योति कलौनी,
रानीबगैंचा रुपन्देही
)