उद्योग व्यापार संघ कपिलवस्तुद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

मेचीकाली संवाददाता

५ बैशाख २०८१, बुधबार
98 shares

पार्वती आचार्य

कपिलवस्तु । कृषि उत्पादनबाट नेपालको अर्थतन्त्र बलियो हुने नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय महासचिव खेमनारण पराजुलिले बताएका छन् । उद्योग व्यापार संघ कपिलवस्तुद्वारा आयोजित नयाँ वर्ष २०८१ को भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपालमा प्रशस्त सम्भावना रहेको बताउदै यहाँको उत्पादनलाई प्राथमिकता दिदै आत्मनिर्भरमा जोड दिनु पर्ने पराजुलीले बताए ।

कोभिड १९ पश्चात हरेक क्षेत्रमा असर पारेको छ, पछिल्लो समयमा बैंकको आम्दानी बढ्दै गएको छ भने व्यवसायीहरु धरासयी हुँदै गएको बताए । नेपालमा बन्द भएका उद्योगहरु संचालन गर्नुपर्ने माग गर्दै मन्त्री परिषदमा प्रस्ताव पेस गरेको बताए ।
बाहिरबाट आयात हुने सामाग्रीहरु गुणस्तर छ कि छैन भन्ने बिषयमा ध्यान नदिई सस्तो पाउँदा सहज रुपमा किन्ने र नेपालीले उत्पादन गरेको सामाग्री महंगो भयो भन्दै नकिनी दिंदा उत्पादन खेरा जाने अवस्था सृजना रहेको समेत बताए । महासचिव पराजुलिले राष्ट्रले उद्योग व्यवसायीका समस्या सम्बोधन गर्नु पर्ने बताउदै राष्ट्रले नीति निमार्ण गर्दा साना ठुला व्यवसायिकलाई समेट्दै अगाडी बढ्नु पर्नेमा जोडदिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोग सदस्य तथा संस्थाका सल्लाहकार सरोज खनालले देशको अर्थतन्त्र आशा गरे अनुसार बढ्न नसकेको भएपनि बाहिर हल्ला चलेजस्तो देशको अर्थतन्त्र सङ्कटमा नपरेको दाबी गरे । उत्पादनले आवश्यक मुल्य, बजार नपाउनाले अहिले उद्योगी व्यवसायीको मनोबल नै घटेको भन्दै त्यसको लागि सरकारले काम गर्न आवश्यक रहेको बताए ।

यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नवरत्न पौडेलले भारतिय सिमा क्षेत्रसंग जोडिएको जिल्ला कपिलवस्तुको शान्ति सुरक्षामा आफ्नो टोलि सदा लागि परेको बताए । जिल्लामा हुने बिभिन्न अपराध नियन्त्रण र चोरी निकासीमा संवेदनसिल रहेको बताउँदै शान्ति सुरक्षाको पूर्ण साथ सहयोग रहने प्रतिवद्धता जनाए ।

यसैगरी उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले संमृद्ध कपिलवस्तुको परिकल्पना साकार पार्न ऐतिहासिक पुरातात्वीक पर्यटकीय स्थलहरुको प्रचार प्रसार तथा सम्वद्धर्धन गर्दै कृषियोग्य जमिनको अधिकतम बैज्ञानिक उपयोगबाट मात्र संभव भएको बताए । अध्यक्ष पौडेलले सम्रग कपिलवस्तु सम्मेट्ने गरि क्यालेन्डर बनाएको बताउदै क्यालेन्डर बनाउदा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरे ।

भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा उद्योग व्यापार संघ प्रदेश कमिटी सदस्य टोप बहादुर कार्की, कृष्ण सुवेदी, मनोज नेपाली, कृष्ण कलवार, गिरिराज पौडेल, भरत पोख्रेल, संस्थाका सल्लाहकार अर्जुन पोख्रेल, अर्जुन सापकोटा, दीपक पन्थी, बोम प्रसाद न्यौपाने, एभेष्ट चेमर अफ कमसका एल पि पाण्डे, शिवराज नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अनुप चौधरी लगायतले नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्दै नयाँ वर्षले देशको समग्र विकासमा सकारात्मक उर्जा थप्ने बिश्वास व्यक्त गरेका छन् । साथै उद्योग व्यापार संघ कपिलवस्तुले स्थापना भएको छोटो समयमा धेरै उदाहरणीय काम गरेको बताउदै आगामि दिनको सफलताको शुभकामना समेत दिएका थिए ।

सो अवसरमा गायछाप ब्राण्डको कपडा धुने पाउडरको उत्पादक साफी एरिएल उद्योगका संचालक कलामुद्धिन मुसलमानलाई बर्ष भरि संस्थालाई अतुलनिय सहयोग गरेको भन्दै सम्मान पत्रले सम्मान गरिएको थियो ।
भित्तेपात्रो प्रकाशन संयोजक माधव भाट क्षेत्रिको अध्यक्षता महासचिव बासुदेव खनालको सञ्चालनमा पिस हिमालय रिसोर्टमा सम्पन्न कार्यक्रमा समाजसेवि, बुद्धिजिवि, विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योग व्यापारी, नागरिक समाज, उद्योग व्यापार संघ कपिलवस्तुका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।