सहकारी शिक्षासम्बन्धि अन्तरक्रिया तथा शुभकामना आदानप्रदान

मेचीकाली संवाददाता

६ बैशाख २०८१, बिहीबार
60 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिका ४ ठाकुरापुरस्थित सहयोगी महिला बहुउद्देशीय सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारी शिक्षा सम्बन्धि एक दिने अन्तरक्रिया तथा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा सहकारीका बरिष्ठ सल्लाहकार ईन्दिरा पन्तले सहकारीलाई आर्थिक रुपमा अगाडी बढाउनका लागि सेयर सदस्यहहरुको बृद्धि गर्नुपर्ने बताईन् । यसैगरी पन्तले जनप्रतिनिधिहरुले भाषणमा बोल्दा धेरै कुराहरुमा आस्वासन दिंदैं हुन्छ भनेर बिश्वास दिलाएता पनि कार्यान्वयन गर्न नसकेको दाबि गरिन् । यस सहकारीलाई अगाडी बढाउन महिला सहकारीहरुले महिला लक्षित कार्यक्रमहरु मागका लागि स्थानियतहसंग दवाव दिनुपर्नेमा जोडदिईन् ।

यसैगरी सहकारीका सल्लाहकार तथा सहकारी अभियान्ता सरितादेवी ढकालले शहकारीमा आवद्ध रहेका पदाधिकारीहरुले सहकारीको निती र विधिको बिषयमा जानकारी हुन आवश्यक भएको बताईन् । संस्थाको निती विधिमा टेकेर कार्यहरु संचालन गरे सहकारीमा कुनै पनि समस्याहरु नआउने बताउँदै संस्थालाई बलियो बनाउन संस्थाका पदाधिकारीहरु एकजुट हुनुपर्ने बताईन् । संस्थालाई आर्थिक रुपमा बलियो बनाउन बिभिन्न आयआर्जन , उत्पादन र व्यवसाय तर्फ लाग्नु पर्नेमा जोडदिएकी थिईन् ।

संस्थाका निवर्तमान अध्यक्ष नूमि शर्माले सहकारीलाई व्यवसायीक रुपमा अगाडी बढाउनका लागि बेसार खेती मात्र नभएर उँखु खेती लगाएतको व्यवसाय गर्नुपर्नेमा जोड दिईन् । आफूले पनि पौडेल उँखु फारम दर्ता गरी हाल संचालनमा ल्याएको बताउँदै शर्माले ३ कट्ठा जग्गामा उँखुखेती गरी व्यवसाय गर्दै आएको समेत जानकारी गराईन् । संस्थाले पनि यसरी नै व्यवसायलाई संचालन गर्न सके संस्थाको आर्थिकमा बृद्धि हुने शर्माले बिश्वास व्यक्त गरिन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष रमा पाण्डेले महिलाहरुले मात्र संचालन गरेको यस संस्थाको स्तरवृद्धि गर्न शेयर सदस्य तथा बचतकर्ता लाई बृद्धि गर्दै लैजाने बताईन् । संस्थाका सचिव सुनिता सेनले सहकारी मार्फत महिलाहरुलाई उद्यमशिल बनाउन बिभिन्न सिपमुलक तालिम तथा कार्यक्रमहरु संचालन गर्दै आएको बताईन् ।

सहकारीमा आवद्ध महिलाहरुलाई कृष्टल चुरा र माला बनाउने तालिम, मुडा बुन्ने तालिम, व्यूटिपार्लर लगाएतका सिपमुलक तालिमहरु प्रदान गरिसकिएको छ । सो सिप पश्चात केही महिलाहरु व्यवसायी उद्यमी समेत बनेको सेनले जानकारी दिईन् । आगामी दिनमा यस्ता प्रकारका उद्यमशीलताका सिपमुलक कार्यक्रमको लागि सम्बन्धित स्थानियतहसंग पहल गर्ने प्रतिवद्धता जनाईन् ।

कार्यक्रममा संचाररिका समूह कपिलवस्तु शाखा अध्यक्ष तथा मेचिकाली राष्ट्रिय दैनिकका प्रतिनिधि पार्वती आचार्यले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन सके बिभिन्न प्रकारका हिंसाहरु भोग्न नपर्ने बताईन् । सहकारी मार्फत उद्यमी बनेका महिला दिदी बहिनीहरुले उत्पादन गरेका सामाग्रीहरुलाई कलमको माध्यमबाट प्रचारप्रसार गर्ने प्रतिवद्धता जनाईन् ।

कार्यक्रममा सहकारीका संचालक समिती, लेखा समिती, सल्लाहकार, बिभिन्न उप समितीका पदाधिकारीहरुको सहभागिता रहेको संस्थाका व्यवस्थापक विद्या शर्माले जानकारी दिईन् ।