समाज रुपान्तरणमा पत्रकारको भूमिका अतुलनीय छः श्रीपाली

मेचीकाली संवाददाता

६ बैशाख २०८१, बिहीबार
69 shares

अनिल नेपाली

र्घाखाँची । देश विकास र समृद्धिका लागि पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने प्रतिनिधिसभा सदस्य सुशिला श्रीपाली ठकुरीले बताइन् । ठकुरीले समाज रुपान्तरणका लागि पत्रकारले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै जिल्लाको विकास र समृद्धिका लागि पनि कलम चलाउन आग्रह गर्दै ‘समाज रुपान्तरण गर्दै विकास र समृद्धिको मार्गमा डो¥याउने दायित्व पत्रकारको भएकोले पत्रकारले देश विकास र समृद्धिको यात्रामा पहेदारी भूमिका खेल्नुपर्ने बताइन् ।

पत्रकार महासंघ अर्घाखाँचीले बिहीबार सम्पन्न गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आधार, सुरक्षित व्यवसायिक र मर्यादित पत्रकार भन्ने मूल नारासहित नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको १६ औं साधारण सभाको उद्घाटन गदै श्रीपालीले यस्तो बताइन् । पूर्वराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य श्रीपालीले सुशासन कायम गर्न, सकारात्मक सोचको विकास गर्न र आर्थिक तथा सामाजिक क्षेत्रमा पछाडि रहेको क्षेत्रलाई समृद्धिको मार्गमा डो¥याउन पत्रकारले कलम चलाउनुपर्ने बताउदै ‘सरकारले गरेका नराम्रा कामहरुको खवरदारीका साथै राम्रा कामहरु आम जनतासम्म पु¥याउने दायित्व पनि पत्रकारको भएकोले देश परिबर्तनको अभियानमा पत्रकारको कमल चल्नेमा आफू विश्वत रहेको बताइन् ।

कार्यक्रममा पत्रकार महासघ केन्द्रिय सदस्य राधा नेपालीले समाज रुपान्तरणमा पत्रकारको भुमिका महत्बपुर्ण रहेको बताउकी थिइन् । कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीले पछिल्लो समय पत्रकारहरूले औपचारिक कार्यक्रमलाई भन्दा पनि खोज पत्रकारितालाई जोड दिनुपर्ने बताए । सडक बिजुली, खानेपानी मात्र बिकासका मेरूदन्ड होइनन् तर खोजमूलक मिडिया कन्टेन उत्पादन गर्न स्थानिय मिडियालाई प्राथमिकता दिएर स्थानिय सरकारले लगानी गर्नु पर्नेे जोड दिए । भूमिकास्थान नगरपालिकाका मेयर झबिलाल थापाले पत्रकार महासघले जिल्लामा राम्रा कामको थालनी गरेर आफूहरुलाई जिम्मेबार बन्न प्रेरित गरेको बताएका थिए ।

त्यस्तै शीतगंगा नगरपालिकाका उपप्रमुख गिता भाटले जिल्लामा बसेर पत्रकारिता गर्ने साथीहरूले ग्रामिण क्षेत्रको अवस्था, समस्या, नागरिकको जनजीवन बुझ्न नसकेको प्रति दुःख व्यक्त गरिन् । कार्यक्रम महासंघका जिल्ला अध्यक्ष अशोक खनालको अध्यक्षता, सचिव बिनोद गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा भूमिकास्थान नगरपालिका उपप्रमुख बालकृष्ण बञ्जाडे, सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य, प्रमुख जिल्ला अधिकारीसहित विभिन्न कार्यालयका प्रमुखहरू, पत्रकार महासंघका पूर्वअध्यक्ष बिष्णु भुसाल, हिमबहादुर लेकाली, शोभाखर पन्थी तथा विभिन्न मिडियामा आबद्ध सञ्चारकर्मीहरूको सहभागीता रहेको थियो । कार्यक्रममा पत्रकार हृदय भुसाल, रुद्रमणि भुसाल, बिष्णु खनाललाई नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।