प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

मेचीकाली संवाददाता

१० भाद्र २०७८, बिहीबार
854 shares

विराटनगर । प्रदेश–१ को मुख्यमन्त्रीमा एमाले सविच भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्तै आर्चाय मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

केही बेरअघि उनको सपथसमेत सकिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्षले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराएका थिए ।

आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । आचार्य यसअघि माधव नेपाल समूहमा रहेका थिए । नेपालले पार्टी फुटाए नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि उनि एमालेमै रहेका थिए ।

प्रदेश–१ मा एमालेका ५१ सांसद छन् । जसमा १३ सांसद आफ्नो पक्षमा भएको नेपाल नेतृत्वको नेकपा समाजवादीले दावी गर्दै आएको छ । अहिलेसम्म ४ जना नेपालको नेकपा समाजवादीमा खुलिसकेका छन् ।