बुटवलमा डाटा हबद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१० बैशाख २०८१, सोमबार
117 shares

बुटवल। डाटा हब प्रालिको आयोजना तथा बुटवल वेब प्रालिको सहकार्यमा बुटवलमा Coud Connect बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीमा रहेर विभिन्न क्षेत्रमा कार्यरत आइटि कम्पनीहरुलाई एकैथलोमा भेला गराएर डाटा सेन्टर तथा क्लाउड सर्भिस सम्बन्धि जानकारी दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

बुटवल वेब प्रालिका सञ्चालक कृष्ण न्यौपानेले कार्यक्रमको उद्धेश्यबारे जानकारी गराउँदै आइटि कम्पनी, क्याम्पस, हस्पीटल तथा अन्य संस्थाहरुलाई प्राविधिक पुर्वाधार व्यबस्थापन तथा क्लाउड सर्भिसका लागि डाटा हबको महत्वपूर्ण भूमिका रहदै आएको बताए ।

डाटा हबका प्रबन्धक निर्देशक दिपक श्रेष्ठले बिगत एक दशकभन्दा बढी समयदेखि नेपालको अग्रणी डाटा सेन्टर कम्पनीका रुपमा स्थापित यस कम्पनीले प्रदान गर्दै आइरहेको सेवा तथा सुविधाहरुको बारेमा जानकारी गराए । कार्यक्रममा बुटवल, भैरहवा क्षेत्रका करिब ३० वटा भन्दा बढी संस्थाहरु सहभागी थिए ।

विभिन्न संस्थाहरुका सहभागीहरुले आधुनिक प्रविधि तथा क्लाउड संरचना सम्वन्धि डाटा हव प्रालि अन्तरराष्ट्रिय स्तरको सेवा प्रदायक संस्था रहेको प्रतिक्रिया दिएका थिए । डाटा हबमा हाल आवद्घ रहेका यस क्षेत्रका संस्थाहरु टुना टेक्नोलोजी र हब आइटि ग्रुप प्रालिले संस्थाबाट उपयोग गर्दै आइरहेको क्लाउड सर्भिस उत्कुष्ट तथा गुणस्तरीय रहेको प्रतिक्रिया दिएका थिए ।

सन् २०१२ मा स्थापित डाटा हब प्रालिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रका विभिन्न संस्थाहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । राष्ट्रियस्तरका विभिन्न बैकिङ संस्थाहरु, लघुवित संस्थाहरु, सहकारी संस्था, इन्स्योरेन्स कम्पनी, हस्पीटल तथा देशका अन्य ठुला आइटि कम्पनीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । हाल संस्थाको डाटा सेन्टर काठमाडौँको थापाथलीमा रहेको छ भने बुटवलको तिलोत्तमामा अर्को डाटा सेन्टरलाई Disaster Recovery प्रयोजनका लागि सञ्चालनमा ल्याइएको छ ।