रुपन्देही मोर्डन स्कुलमा बार्षिकउत्सव तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१२ बैशाख २०८१, बुधबार
105 shares

बुटवल। रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरस्थित रुपन्देही मोर्डन बोर्डिङ स्कुलमा १६ औँ बार्षिक उत्सव तथा शैक्षिक सत्र २०८० को पुरस्कार बितरण कार्यक्रम सम्पन्न छ ।
कार्यक्रम्मा बोल्दै सैनामैना नगरपालिका नगरप्रमुख फणीन्द प्रसाद शर्माले रुपन्देही मोर्डन स्कुल बिभिन्न शैक्षिक गतीविधीमा नगरकै उत्कृष्ठ रहेको बताए । बिद्यार्थीहरुको अध्यापन राम्रो रहेको भन्दै यहाँबाट पासआउट भएका बिद्यार्थीहरुले अन्य बिद्यालयहरुमा राम्रो नतिजा ल्याउन सफल भएको बताए ।

बिद्यार्थीहरुलाई अध्यापनसँगै ब्यबहारीक ज्ञान दिन जरुरी रहेको भन्दै नगर प्रमुख शर्माले शिक्षकहरुले कितावी ज्ञानसगै ब्यवहारीक सिकाई सहितको अध्यापन गराउन आग्रह गरे ।
बालबालीकाहरु धेरै जिज्ञासु हुने भएकाले बिद्यालयमा पढाउँदा बालबालीकाले राखेका प्रश्नहरको जवाफ राम्रोसँग दिने र नजाने भोली आफुले सिकेर उनिहरुलाई सिकाउन शिक्षक शिक्षीकाहरुलाई आग्रहसमेत गरे ।

सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेल्बासेले रुपन्देही मोडन स्कुल आफैमा शैक्षिक क्षेत्रमा पहिचान बनाएको स्कुलको रुपमा रहेको बताईन । नगरले लिने हरेक क्रियाकलापमा मोडल स्कुलको नतिजा राम्रो रहेको भन्दै यसलाई थप गदै किताबी ज्ञान सँगै अन्य खेलकुद साँस्कृतिक प्राबिधीक ज्ञान दिन जरुरी रहेको बताईन ।

नगरपालीकाका बडा नम्बर ४ का बडा अध्यक्ष राम प्रसाद अधिकारी, वडा ५ का बडा अध्यक्ष धन प्रसाद पौडेलले पछील्लो समय निजी बिद्यालयको शैक्षिक क्षेत्रमा योगदान महत्वपुर्ण रहेको बताए । बिद्यालय ब्यबथापन समितीका अध्यक्ष सागर केसीले बिद्यालयमा शैक्षिक सुधारका लागि लागिरहेको बताए ।
व्वहारीक ज्ञान सिप आजको आवश्यकता रहेको भन्दै मोडन स्कुलले सोही अनुसार अध्यापन गराउदै आएको बताए । यहाँबाट पास आउट भएर अनेत्र जाने बिद्यार्थीहरुको नतीजाले राम्रो रहेको भन्दै यसलाई निरन्त्रता दिने अध्यक्ष केसीको भनाई छ ।

कार्यक्रममा लिल बहादुर केसी, प्रकाश पौडेल, शिक्षक देवान राई लगायतले सुभकामना दिएका थिए । कार्यक्रममा शैक्षिक सत्र २०८०मा उत्कृष्ट जतीजा ल्याउने बिद्यार्थीहरु, शिक्षक शिक्षिका, कर्मचारीलाई सम्मान गरीएको बिद्यालयका प्रधानाध्यापक जे.एन पान्डेले जानकारी दिए ।