समृद्धि सलोन एण्ड एकेडेमीद्वारा सम्मान तथा दीक्षित

मेचीकाली संवाददाता

१३ बैशाख २०८१, बिहीबार
32 shares

बुटवल। बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धि सलोन एण्ड एकेडेमीले सौन्दर्यकला क्षेत्रमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान तथा र आफ्ना प्रशिक्षार्थी विद्यार्थीहरुलाई दीक्षित गरेको छ । बुटवलमा एक औपचारिक कार्यक्रम आयोजना गरी रुपन्देहीमा सौन्दर्यकलाको स्थापना गर्ने, सञ्चार क्षेत्रबाट सहयोग गर्नेलाइ सम्मान गरिएको छ भने एकेडेमीमा रहेर नङ, कपाल तथा स्किनको क्षेत्रमा तालिम लिएकाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

बुटवलकी पुराना शौन्दर्यकला व्यवसायी जेनि श्रेष्ठ, सैलुन व्यवसायी सफातुल्लाह रजालाई सम्मान गरिएको छ भने सञ्चार माध्यममार्फत सौन्दर्यकला क्षेत्रमा कलम चलाएको भन्दै दैनिक पत्रकी पत्रकार पूजा पन्थीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले तुलाराम घर्ती कुनैपनि पेशा व्यवासायलाई राज्यले सम्मान गर्नुपर्ने बताएका थिए । उनले प्रदेशमा श्रम ऐन बानाउन बाँकी रहेको भन्दै श्रम ऐन निर्माण गरी जस्तोसुकै श्रमिकहरुको माग सम्बोधन गरिने बताएका थिए । उनले ऐन निर्माणपछि श्रमिकहरुको सुरक्षा र श्रमको मूल्य पनि प्राप्त हुने बताएका थिए ।

कर्मचारी प्रशासनका कारण सरकारले काम गर्न नसकेको भन्दै उनले यसको लागि सरकारले व्यवस्थापन गरिरहेको बताएका थिए । कार्यक्रममा बोल्दै जेनि श्रेष्ठले ३२ वर्ष पहिले अहिलेको जस्तो सहज अवस्था नभएको बताएकी थिइन् । बुटवलमा लेडिजले जेन्सको काट्ने र लेडिजको जेन्सले काट्न सहज थिएन । सिकेको सिप र प्रमाणपत्रको कदर गर्न आग्रह गरेकी थिइन् ।
यस्तै सम्मानित व्यक्ति सफातुल्ला रजाले बुटवलमा अहिलेको भन्दा २५ प्रतिशत मात्र बस्ती रहेको स्मरण गर्दै अहिले व्यवसायीकता बढ्दै गएको बताएका थिए । उनले एकमहिना भित्र दाह्री कपाल काट्न सिकेको उल्लेख गरे । वि.सं.२०४८ देखि दुई वर्ष अर्कैको पसलमा काम गरेर २०५० सालदेखि आफ्नो पसल खोलेको बताएका थिए ।

समृद्धि सलोन एण्ड एकेडेमीका अध्यक्ष एवं सञ्चालक मोहन ठाकुरका अनुसार विभिन्न प्रकृतिको शैलुन, शृंगार, नेल, आर्ट, हेयर ड्रेस, हेयर कलरलगायत ७० जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नमुना एकीकृत विकास परिषद्कि ज्ञानु पौडेल, सौन्दर्यकर्मी व्यवसायी मिना प्रधान, सञ्चार प्रतिष्ठान लुम्बिनी प्रदेश संयोजक मिलन गाहा, एकेडेमीका तिलोत्तमा शाखाका अनिल अर्याल पत्रकारहरु भगवती पाण्डे, सुमन श्रेष्ठलगायतले समृद्धिले सलोन व्यवसायलाई नयाँ रुपमा विकास गरिरहेको बताए । समृद्धि सलोन तथा एकेडमीका बुटवल, मणिग्राम,बर्दघाट, जितपुर, पोखरा गरी ५ शाखा छन् भने यी शाखामा ५० जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । एकेडेमीमा एकै पटक ४० जनासम्म सिकाउन सकिने व्यवस्था छ भने २० हजार देखि १ लाख ५ हजार सम्मका कोर्सहरु रहेका छन् ।