संघियता बलियो बनाउन स्थानियतहलाई बलियो बनाउन आवस्यक ः सभामुख घर्ती

मेचीकाली संवाददाता

१६ बैशाख २०८१, आईतवार
47 shares


नेत्र गैरे

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले संघियता बलियो बनाउन स्थानियतहलाई बलियो बनाउन आवस्यक रहेको बताए । लुम्बिनी प्रदेश सभाले तानसेनमा आयोजना गरेको प्रदेश सभा र स्थानीय तह बिच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी अन्र्तक्रिया कार्यक्रम पछि आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन । उनले संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा स्थानीय तह र प्रदेश सभा बिच सहकार्य गरेर अगाडि बढनु विकल्प पर्ने बताए ।


सभामुख घर्तीले ऐन कानुनको क्षेत्राधिकार सम्बन्धि स्थानियतह अलमलमा रहेकोले प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए । सरकारका तिनैतह बिचको समन्वय अभावमा ऐन बाझिने र कार्यान्वयनमा समेत कठिनाई रहेको उनले बताए । कतिपय अवस्थामा स्थानीय सरकारले निर्माण गरेका कानुन प्रदेश सरकारलाई थाहा नभएको र प्रदेश सरकारले बनाएका कानुन स्थानीय सरकारलाई जानकारी नुहुँदा समस्या भएकोले यस विषयमा गम्भीर भएर अध्ययन गरेर काम गर्नुपर्ने कुरामा दुबै पक्ष सहमत भएको सभामुख घर्तीमगरको भनाइ थियो ।


सभामुख घर्तीले लुम्बिनी प्रदेशमा ७६ वटा ऐन कानुन निर्माण गरिए पनि नियमावली नबन्दा समस्या भएको साथै प्रहरी ऐन, निजामती कर्मचारी ऐन, शिक्षा ऐन, भूमि ऐन संघले बनाइदिए मात्र अहिले धेरै समस्या समाधान हुने समेत बताए ।


पत्रकार सम्मेलनमा पत्रकारहरु माधव अर्याल, किरण कौशल, कृष्ण पोखरेल, भगवान भण्डारी, भरत शर्मा लगायतले स्थानीय तहमा कानुन निर्माण सम्बन्धि अभ्यासका विषयमा जिज्ञासा र सुझाव राखेका थिए ।