नेकपा एमालेद्धारा तानसेन खानेपानीको ध्यानाकर्षण

मेचीकाली संवाददाता

१६ बैशाख २०८१, आईतवार
49 shares


नेत्र गैरे

नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) नगर कमिटी , तानसेन पाल्पाले तानसेन खानेपानी उपभोक्ता समितिलाई उपभोक्ताहरुलाई खानेपानी महशुलमा सहुलियत दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।


नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) नगर कमिटी अध्यक्ष गुराँश आत्रेयद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा तानसेनबासीलाई नियमित र प्रर्याप्त खानेपानीको व्यवस्थाको निम्ति लागिरहेको सम्पूर्णलाई जानकारी नै छ । यसै सन्र्दभमा नेपाल सरकारको निर्णय अनुसार लिफ्टिङ खानेपानी उपभोक्ता समितिको विद्युत महशुलमा २०८० फागुन महिनादेखि लागु हुनेगरी पचास प्रतिशतले सहुलियत दिने निर्णय अनुसार तानसेन खानेपानी उपभोक्ता समिति तानसेनले समेत विद्युत महशुलमा सहुलियत प्राप्त गरिरहेको छ । सोही बमोजिम आम उपभोक्ताले हाल तिरिरहेको खानेपानी महशुलमा सरकारले दिएको सहुलियत अनुसार पचास प्रतिशत खानेपानी महशुल छुट दिन अनुरोध गर्दछौं । भनिएको छ ।


यस्तै नेपालकै महंगो खानेपानी मध्येको एक तानसेन खानेपानीले आम उपभोक्ताको दैनिक जीवनसंग जोडिएको विषयमा हाल सम्म उक्त सहुलीयत प्रदान नगर्नुले हामीलाई गम्भीर बनाएको छ । यो विषयमा तत्काल उपभोक्तालाई खानेपानी महशुलमा सहुलीयत प्रदान गरी राहत प्रदान गर्न ध्यानाकर्षण गराउदछौं । ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।


ध्यानाकर्षण पत्र बुझ्दै तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बिद्युत प्राधिकरणले खानेपानीको महशुल नघटाउँदासम्म प्रति महिना २५ देखि २७ लाख सम्म बिद्युत महसुल बुझाउदै आएकोमा हाल ५० प्रतिशत छुट हुँदा मासिक १० लाख बचत गरि मर्मतमा खर्च गरिएको बताए । उनले आउँदो आर्थिक बर्षबाट बैज्ञानिक ढंगले मुल्य समायोजन गरि उपभोक्तालाई राहत दिने योजना बनाएको बताए । हाल उपभोक्ताले न्युनतम १० युनिटको प्रति युनिट ३० रुपैयाँ बुझाउँदै आएको समेत उनले बताए । उपभोत्ता समितिका उपाध्यक्ष प्रेम मल्लले अहिले खडेरीका कारण खानेपानी बितरणमा समस्या आउन नदिन मर्मत खर्च थेग्न धौ धौ भएको हुँदा नयाँ आ.ब. देखि महसुल समायोजन गर्ने सोच रहेको बताए ।


ध्यानाकर्षण पत्र बुझाउन नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) नगर कमिटी अध्यक्ष गुराँश आत्रेयको नेतृत्वमा पार्टी नगर कमिटी,जिल्ला कमिटी, प्रदेश कमिटी, उपभोक्ता र पत्रकारहरुको उपस्थिति रहेको थियो ।