मिलनचोकमा महालक्ष्मी स्वीट्स सञ्चालनमा

मेचीकाली संवाददाता

१६ बैशाख २०८१, आईतवार
47 shares

बुटवल। मिठाईका परिकार र साकाहारी खाना/नास्ता पस्किने गरी बुटवल–९ मिलनचोकमा महालक्ष्मी स्वीटस् सञ्चालनमा आएको छ । लामो समय कन्ट्रक्सन मेटरियल डिष्ट्रव्यूसनको क्षेत्रमा अनुभव संगालेका यस क्षेत्रका दुई जना व्यवसायी मधुसुदन पाण्डे र पप्पुकुमार गुप्ताले स्वीट्स सञ्चालनमा ल्याएका हुन् । स्वीट्स मिलनचोक बुटवल सिटी सेन्टरनेर रहेको छ ।

स्वीट्स सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ । सञ्चालक पाण्डेले क्वालिटीलाई प्राथामिकतामा राखेर २ करोड रूपैयाँको लगानीमा नयाँ र फरक स्वाद पस्किने गरी महालक्ष्मी स्वीट्स सञ्चालनमा ल्याइएको बताए ।

‘मिष्ठान्न भण्डारमा शुद्ध घ्यूबाट मिठाइ र अन्य खाजाका परिकार बन्नेछन्’ सञ्चालनक पाण्डे भन्छन्, ‘हाम्रोमा सादा खानादेखि सबै खाजाका परिरकार रोटीसहितका नास्ता अन्य मिष्ठान्न भण्डारको भन्दा महंगो पनि हुनेछैन । सेवाग्राहीलाई चित्तबुझ्दो गरी हामी सेवामा जुटेका छौं ।’ सञ्चालक पप्पुकुमार गुप्ताले सुगर फ्रिसहितका ६० प्रकारमा मिठाइहरु बन्ने बताए ।

‘वल्ड ट्रेड सेफ हायर गरेर हामीले हाम्रा उत्पादन बनाएका छौं । गुणस्तरमा कुने कम्प्रमाइज हुँदैन,’ गुप्ताले भने । निर्माण सुरु गरेको झण्डै १ वर्षमा मिष्ठान्न भण्डार सञ्चालनमा ल्याइएको गुप्ताले बताए । मिष्ठान्न भण्डारमा ३० जनाले रोजगार पाएका छन् । उद्घाटन सत्रको एक महिना स्वीट्सले ग्राहकलाई १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।