अर्घाखाँचीमा घरमा आगलागि हुँदा बालिकाको मृत्यु

मेचीकाली संवाददाता

१७ बैशाख २०८१, सोमबार
189 shares

अर्घाखाँची । अर्घाखाँचीमा घरमा आगलागि हुँदा एक बालिकाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–५ असुरकोट कुडेपानीस्थित खिमबहादुर विकको घरमा सोमबार दिउँसो आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले जानकारी दिए ।

आगलागीबाट २ घर र २ गोठ जलेर नष्ट भएका छन् । आगलागीमा परेरकी बालिकाको शब जलेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । घरका अरु सदस्य भने सकुसल रहेका छन् । आगलागीबाट छिमेकी बारबहादुर बिकको घर र गोठसमेत जलेर नष्ट भएको छ । आगलागीको कारण नखुलेको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।