सरोकारवालाहरुसँग परियोजनाबारे जानकारी तथा परिचयात्मक बैठक

मेचीकाली संवाददाता

१७ बैशाख २०८१, सोमबार
132 shares

सुनिल आचार्य

कपिलवस्तु । जिल्लास्तरीय सरोकारवालाहरु संग परियोजनाबारे जानकारी तथा परिचयात्मक बैठक कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । दलित सामाजिक बिकास केन्द्रको आयोजना तथा आई.एम स्वीडिस डेभलपमेन्ट पार्टनरको संयुक्त साँझेदारीमा संचालित “ हाम्रो शक्ति“ परियोजना अन्तरगत कपिलवस्तु नगरपालिकाको समन्वय, क्लीन.अप नेपाल, सोसेक नेपाल र युवालयको सहकार्यमा परिचयात्मक बैठक सम्पन्न गरिएको हो ।

सहभागिहरुले शिक्षा, स्वास्थ्य, सरसफाई, वातावरणीय मानव अधिकार र मिडिया परिचालन लगाएतको बिषयमा जिज्ञासा राखेका थिए । सहभागिहरुले उठाएका जिज्ञासाहरुको सुझावहरुमाथि जवाफ दिंदै दलित सामाजिक बिकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले पालिका र ग्रामिण क्षेत्रमा समन्वयात्म रुपमा काम गर्ने बताए ।

कार्यक्रका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले शिक्षा , स्वास्थ्य , वातावरण लगाएतको सामाजिक क्षेत्रमा काम गर्दै आएको यस दलित सामाजिक बिकास केन्द्रले सरसफाईमा समेत ध्यान दिनुपर्ने बताए । पछिल्लो समयमा धेरै युवाहरु लागु पदार्थ दुव्र्यसनीबाट प्रभावित हुँदै आईरहेको हुँदा युवाहरुका लागि सिपमुलक कार्यक्रमको योजनालाई थप बिस्तारमा ल्याएको भन्दै संस्थालाई धन्यवाद दिए ।

महिला , वालवालिका , किशोरी समूहहरु संग सरसफाई अभियान संचालन र पैरवी गर्दै आएको यस संस्थाले सरसफाईमा समेत ध्यान दिन आग्रह गरे । सदरमुकाम अन्तरर्गतको तौलिहवा बजारमा बिहानको ८ बजे भित्र हिड्ने लाएक नभएको भन्दै तौलिहवा बजार क्षेत्रमा यत्रतत्र फोहोर फाल्ने घरपरिवार हरुलाई फोहोर व्यवस्थापनमा सचेत बनाउन आग्रह गरे । फोहोर व्यवस्थापन गर्न नसक्दा बाहीरी पर्यटकहरु यसक्षेत्रमा आउँदा लाजमर्दौ भएको बताउँदै कपिलवस्तु नगरपालिका भित्र सरसफाई सम्बन्धि सचेतना संचालन गर्नुपर्ने समन्वय प्रमुख आचार्यले बताए ।

संस्थाका कार्यकारी निर्देशक रामशरण रैदासले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कपिलवस्तु नगरपालिकाको ४ , ५ , ८ र १२ नम्बर वडा र महाराजगंज नगरपालिकाको वडा नं. २ , ३ र ८ मा मनोसामाजिक , शिक्षा , वातावरण लगाएतको क्षेत्रमा कार्यक्रम संचालन हुने जानकारी दिंएका थिए । सो अवसरमा परियोजनाको लक्ष्य र उद्देश्यको बारेमा जानकारी दिंदै संस्थाले विगत लामो समय देखि कपिलवस्तुमा परियोजना मार्फत काम गर्दै आएको समेत जानकारी दिए ।

कार्यक्रममा दलित सामाजिक बिकास केन्द्रका कार्यक्रम संयोजक धना चौधरीले “हाम्रो शक्ति“ परियोजना अन्तरगत संस्थाको रणनितीहरु , परियोजनाको लक्ष्य उपलब्धि , समूहगत संरचना , संस्थाको परिचय , उद्देश्य , संस्थाको मूल्यमान्यता , समुदाय प्रति जवाफदेहिता र पारदर्शिता , लैंगिंक समानतामा जोडदिने , वातावरण प्रति सचेत , क्षमता अभिवृद्धि , सहकार्य , साँझेदारी लगाएतको बिषयमा जानकारी दिएकी थिईन् । संस्थाद्वारा गठित समूहमा १ हजार ५ सय ७५ जना आवद्ध भई कार्यहरु गरिने छ भने किशोरी , युवाहरु र महिला संजालसंग छलफल हुने कार्यक्रम संयोजक चौधरीले जानकारी दिईन् ।

यस्तै क्लीनअप नेपालका श्रवण कुमार बस्नेतले संस्थाको बारेमा जानकारी दिंदै पाँच वटा क्षेत्रमा फोहोर व्यवस्थापन र परियोजना तयार गर्नुको औचित्य लगाएतको बिषयमा जानकारी दिंएका थिए । यसैगरी सोसेक नेपालका द्रोर्ण जिसीले संस्थाको परिचय दिंदै ग्रिन ईकोनमिक एक्सिलेटर परियोजना मार्फत हरित उद्यीमको प्रवद्र्धन मार्फत लक्षित युवा र महिलाहरुको गरिवी न्यूनिकरणमा टेवा पुराउने र स्थानिय साँझेदार संस्था दलित सामाजिक बिकास केन्द्रलाई प्राविधिक सहजीकरण गर्ने बताए । युवालयकी सर्मिला थापाले कार्यक्रमको संक्षिप्त परिचय दिंदै संस्थाले गर्दै आएको कार्यक्रमहरुको बिषयमा जानकारी दिएकी थिईन् ।

परिचयात्मक कार्यक्रममा गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेय , इन्सेक प्रतिनिधि पार्वती आचार्य , लुम्बिनी अपांगता बिकास केन्द्रका अध्यक्ष ओरीराम चौरासिया , नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायतले कार्यक्रमको सफताको शुभकामना दिएका थिए ।

दलित सामाजिक बिकास केन्द्रकी अध्यक्ष सुरजमती पासीको अध्यक्षतामा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख थानेस्वर घिमिरे , कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत , शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवाली , जिल्ला प्रशासनका रेमलाल न्यौपाने , यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारी , कपिलवस्तु नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिरेप कुमार चौधरी , गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुसिला बेल्वासे , उद्योग बाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादिन कुर्मी , सुरक्षाकर्मी बिभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन संस्थाका सचिव रिखिराम निगमले गरेका थिए ।