महालक्ष्मी स्वीट्स सञ्चालनमा

मेचीकाली संवाददाता

१८ बैशाख २०८१, मंगलवार
46 shares

बुटवल । बुटवल–९ मिलनचोकमा महालक्ष्मी स्वीटस सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । लामो समय कन्ट्रक्सन मेटरियल डिष्ट्रव्यूसनको क्षेत्रमा अनुभव संगालेका यस क्षेत्रका दुई जना व्यवसायी मधुसुदन पाण्डे र पप्पुकुमार गुप्ताले मिठाइका परिकार र साकाहारी खाना÷नास्ता पस्किने गरी स्वीट्स सञ्चालनमा ल्याएका हुन् ।

एक समारोहका बिच सोमबार सञ्चालक गुप्ताका बुबाआमा अशोककुमार कानू र मिनादेवी कानूले रिबन काटेर स्वीट्सको उद्घाटन गरे । सञ्चालक पाण्डेले क्वालिटीलाई प्राथामिकतामा राखेर २ करोड रूपैयाँको लगानीमा नयाँ र फरक स्वाद पस्किने गरी महालक्ष्मी स्वीट्स सञ्चालनमा ल्याइएको बताए ।

‘मिष्ठान्न भण्डारमा शुद्ध घ्यूबाट मिठाइ र अन्य खाजाका परिकार बन्नेछन्,’ सञ्चालनक पाण्डे भन्छन्,‘कही वर्ष अघिदेखि नै बुटवलमा एउटा शान्त, पारिवारिक वातावरणमा शुद्ध शाकाहारी खाना, नास्ता र मिठाई उपभोक्तालाई पस्कने हाम्रो चाहना थियो । सोही योजनाअनुसार अहिले आएर यो सेवा आमउपभोक्ता माझ ल्याउन सकेकोमा हर्षित छौं ।’ यहाँ आउने हरेक ग्राहकले शुद्ध शाकाहारी भोजन र विभिन्न स्वादका खाजाका परिकार सुपथ मूल्यमा पाउने उनले बताए ।

सञ्चालक पप्पुकुमार गुप्ताले सुगर फ्रिसहितका ६० प्रकारमा मिठाइहरु बन्ने बताए । ‘वल्ड ट्रेड सेफ हायर गरेर हामीले हाम्रा उत्पादन बनाएका छौं । गुणस्तरमा कुने कम्प्रमाइज हुँदैन,’ गुप्ताले भने । निर्माण सुरु गरेको झण्डै १ वर्षमा मिष्ठान्न भण्डार सञ्चालनमा ल्याइएको गुप्ताले बताए । उद्घाटन सत्रको एक महिना स्वीट्सले ग्राहकलाई १० प्रतिशत छुटको व्यवस्था गरेको छ । स्वीट्स सञ्चालनमा खाएसँगै ३० जनाले रोजगार पाएका छन् ।

उद्घाटनका अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, उपाध्यक्षद्वय बिमलराज भट्टराई र सुरज भट्टराई, संघका पूर्वअध्यक्ष उज्ज्वल कसजू, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, मार्बल पाइप एण्ड पिटिङ्सका म्यानेजिक डाइरेक्टर पवनकुमार सञ्चेतीलगायतको उपस्थितिरहेको थियोे ।