

पाल्पा, नेकपा एमाले तानसेन नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गुराँश आत्रेयको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटि निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा महेशलाल शाक्य, उपसचिवमा मित्रलाल नेपाली र थानिमाया सोमै चयन भएको अध्यक्ष मण्डलका सदस्य तथा जिल्ला कमिटि सचिव रामजी पोखरेलले बताए ।

त्रिभुवन बहुमुखी क्याम्पसको सभाहलमा भएको नेकपा एमालेको दोस्रो अधिवेशनले निर्विरोध निर्वाचित आत्रेय सहित तानसेन नगर कमिटीमा दलित, युवा, महिला, जनजाती सहित १४ वटै वडाबाट प्रतिनिधित्व रहेको नवनिर्वाचित अध्यक्ष आत्रेयले बताए । उनले पार्टीले विस्वास गरि दोस्रोपटक पनि अध्यक्ष गराउनु भएकोमा सवै प्रतिनिधिहरुलाई धन्यवाद दिदै अवका दिनमा आफुले पार्टीलाई अझै उचाईमा पु¥याउन आफू र आफ्नो मातहतको कमिटि अगाडि वढाउने प्रतिवद्धता समेत जाहेर गरे ।
अधिवेशनमा नेकपा एमालेका पोलिटिव्युरो सदस्य ठाकुरप्रसाद गैरेले मुलुकमा राजनैतिक स्थिरता, सुशासन, जनताको आर्थिक समृद्धिको लागि एमाले रहेको बताए । उनले देशको रक्षा, जनताको भरोसाको पार्टी एमाले रहेको र जनताको टुटेको भरोसा इलाम र बझाङले जगाएको समेत बताए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिंदै पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरे, पार्टीका पुर्व अध्यक्ष एवं संघीय सांसद नारायणप्रसाद आचार्य पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य पर्शुराम भट्टराई, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे लगायतले सम्बोधन गर्दै सुखी नेपाली सम्बृद्ध नेपाल बनाउने पार्टी एमाले मात्र भएकाले सबै जनतालाई एमालेमा गोलवन्द हुन अनुरोध गरेका थिए ।
अधिवेशनमा तानसेन नगर कमिटी अध्यक्ष आत्रेयले राजनीतिक प्रतिवेदन मार्फत पार्टीको अवस्था, आगामी दिनमा गर्नुपर्ने गतिविधिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा १४ वटै वडा कमिटीका अध्यक्षहरुलाई विशेष सम्मान गरिएको थियो ।