बुटवलमा यामाहाको मेची–महाकाली साङ्गीतिक कार्यक्रम

मेचीकाली संवाददाता

२१ बैशाख २०८१, शुक्रबार
183 shares

बुटवल । यामाहा मोटरसाइकलले एफआई (फ्युल इन्जेक्सन) प्रविधि भित्र्याएको १५ वर्ष पुगेको अबसरमा मेची–महाकाली मोटरसाइकल ¥यालीसहित साङ्गीतिक कार्यक्रम गरीरहेको छ ।

जसअन्तर्गत बुटवलमा बिहीबार साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । बुटवलस्थित यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता बुटवल बाइकर्स प्रालिमा कार्यक्रम आयोजना गरिएको हो । यामाहाले एफआई प्रविधि भित्र्याएको १५ वर्ष पूरा भएको अवसर पारेर मेची–महाकाली साङ्गीतिक कार्यक्रम गरिएको कम्पनीका चिफ मार्केटिङ म्यानेजर शंकर श्रेष्ठले जानकारी दिए ।
यस्तै यामाहाले नयाँ वर्षको अवसर पारेर मेची–महाकालीसम्म मोटरसाइकल ¥याली पनि आयोजना गरेको उनले बताए ।

बैशाख १४ गते झापाको बिर्तामोडबाट सुरु भएको यात्रा बिहीबार बुटवल आइपुगेको चिफ म्यानेजर श्रेष्ठले बताए । यामाहा कम्पनीका मोटरसाइकल तथा स्कुटी खरिदमा विशेष छुटसहितका कार्यक्रमहरू ल्याइएको उनले बताए ।

कार्यक्रममा चर्चित गायक प्रताप दास, हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल लगायतले प्रस्तुति दिएका थिए । गायक दासले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत प्रस्तुत गरी बुटवलका दर्शकलाई मनोरञ्जन दिएका थिए । यस्तै हाँस्य कलाकार पोख्रेलले विभिन्न विधाका किस्साहरू सुनाएर उपस्थित दर्शकलाई हँसाएका थिए । यामाहाले २ जना कलाकारसहित ८५ जनाको समूहद्वारा मेचीदेखि महाकालीसम्म ¥याली आयोजना गरेको छ ।

यामाहाका चिफ मार्केटिङ म्यानेनेजर श्रेष्ठका अनुसार देशका सातैवटा प्रदेशका मुख्य शहरहरूमा कार्यक्रमसहित र्याली गरिँदै आएको छ । विर्तामोडबाट सुरु भएको साङ्गीतिक कार्यक्रम इटहरी, धरान, बर्दिबास, वीरगञ्ज, नारायणघाट, पोखरा लगायतका प्रमुख शहरहरुमा सम्पन्न भइसकेको छ । बुटवलपछि दाङ, सुर्खेत, टिकापुर, महेन्द्रनगरमा समेत कार्यक्रम आयोजना गरिने छ । कार्यक्रमको समापन महेन्द्रनगरमा यही वैशाख २४ गते हुँदैछ ।

यामाहाले एफजेड सिरिजका विभिन्न मोडलमा एफआई इन्जिन उपलब्ध गराएको छ । यामाहा एफजेड एफआई भी २, एफजेड–२५ एफआई, एफजेडएस एफआई भी २, एफजेडएस एफआई भी ३ बीएस ६ का साथै एक्सटीजेड १५० एफआई मोटरसाइकलमा समेत यो इन्जिन उपलब्ध छ । स्कुटर सेगमेन्टमा यामाहाका फेसिनो १२५ एफआई बीएस ६, रे जेडआर १२५ एफआई बीएस ६ र रे जेडआर स्ट्रिट बीएस ६ मा यो इन्जिन उपलब्ध छ ।