प्रधान सम्पादक खनाल प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित

मेचीकाली संवाददाता

२२ बैशाख २०८१, शनिबार
51 shares

बुटवल । मेचीकाली सन्देश राष्ट्रिय दैनिकका प्रधान सम्पादक बसन्तराज खनाल प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा खनाललाई उक्त सम्मान प्रदान गरिएको हो । खनाल मेचीकाली दैनिकको स्थापनाकालदेखि प्रधान सम्पादको रूपमा कार्यरत छन् ।

खनालसँगै दैनिक पत्र दैनिकका प्रधान सम्पादक डा.बालकृष्ण चापागाई, दैनिक लुम्बिनीका अध्यक्ष मोहन चापागाई, वरिष्ठ पत्रकार विनोद पहाडी, हरि लम्साललाई पनि उक्त सम्मानबाट सम्मानित गरिएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देही पनि उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ ।