रोट्रयाक्ट डिष्ट्रिकद्धारा चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न

मेचीकाली संवाददाता

२२ बैशाख २०८१, शनिबार
808 shares

बुटवल । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपालले चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोटयाक्ट डिष्ट्रका डिआरआर रोशन कार्किको अध्यक्षयता तथा रोटरि डिष्ट्रिक २०२४/२५ का डिजि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

रोट्रयाक्ट डिष्ट्रकले आगामि बर्ष २४/२५ मा गर्ने कामहरुको समिक्षा गरि बार्षिक कार्ययोजना निमार्ण गर्दै सेमिनार सम्पन्न भएको रोट्रयाक्ट डिष्ट्रिकका डिआरआर इलेक्ट बिक्रम क्षेत्रीले बताए । दुई दिन सम्म चलेको सेमिनार करिब ६० जना डिष्ट्रीक मेम्बरहरुको सहभागितामा सप्पन्न भएको क्षेत्रिले बताए । सेमिनारले बिगतका बर्षहरुमा भन्दा आगामी बर्षमा युवा मैत्रि कार्यक्रमहरु सन्चालन गर्ने गरि कार्य योजना निमार्ण गरेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरि डिष्ट्रिक २०२४/२५ का डिष्ट्रिक गर्भनर राजेन्द्र मान शेरचनले रोट्रयाक्ट डिष्ट्रीकले बिगत देखि गरेका कामहरुको प्रसंसा गर्नुभयो । डिष्ट्रीकले अव नयां कार्ययोजना बनाउदा बिगतका बर्ष भन्दा फरक र पृथक खालका कार्यक्रमहरु सन्चालन गनुपर्ने बताए । धेरै जसो युवाहरु रोजगारिको लागि बिदेश जानु पर्ने बाध्यता आएको हुदा स्वदेशमै रोजगारिको सिर्जना गरि युवा पलायन कम गर्ने खालका बिभिन्न सिपमुलक तालिमहरु सन्चालन गनुपर्ने बताए । सो कार्यका लागि रोटरि डिष्ट्रीकले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै रोटरियन राजन पियाले रोट्रयाक्ट डिष्ट्रीकले बिगत देखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सन्चालन गदै आएकोमा धन्यवाद व्यक्त गनुभयो आगामि दिनमा रोट्रयाक्ट अभियानमा रोटरिको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

दुई दिनसम्म चलेको सेमिनारमा सौगात गौतम, सुरज पौडेल, नानि काजि खड्का, बिक्रम क्षेत्रि, दिनेश गैरे, माधव पराजुली, अनुप पाण्डे, सुविन खड्का लगायतले सहजीकरण गरेको रोट्रयाक्ट डिष्ट्रीक वर्ष २०२४/२५ का मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।