विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले मनायो वार्षिक उत्सव

मेचीकाली संवाददाता

२३ बैशाख २०८१, आईतवार
79 shares

बुटवल। नेपाल विधुत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ बार्षिकउत्सब एंव ३५ औ स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यसैगरी लुम्बिनी प्रदेश समितिले पनि प्रदेश अन्तरगतका सवै विधुतका कार्यालयहरुमा दीप प्रज्ज्वलन एंव शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको हो । नेविप्रा बुटवल ग्रीड कार्यालयमा आयोजना गरिएको शुभकामना एंव दीप प्रज्ज्वलन कार्यक्रममा केन्द्रीय, प्रदेश एंव इकाइका गरी करिब ४० जनाको उपस्थितिमा केन्द्रीय सदस्यहरु राधा रानाभाट, टंकप्रसाद बस्याल, कमल गौतम, जयराम भट्टराई तथा पुरुषोत्तम अधिकारिले सङ्गठनको ईतिहास र गरिमाको बारेमा चर्चा गर्दै शुभकामना ब्यक्त गरे ।

सोही सन्दर्भमा बोल्दै प्रदेश अध्यक्ष टेकबहादुर बुढाले नेबिप्राको इतिहासमा राष्ट्रिय कर्मचारी युनियन मात्र कुनै राजनितिक दलसंग मात्र आबद्धता नभई सबै आस्था र विचार भएका साथीहरु आवद्ध रहेको सङ्गठन भएको बताए । कर्मचारी युनियनले मात्रै सबै आस्था विचारलाई समेटन सक्ने बताए । सोही सन्दर्भमा बोल्दै अध्यक्ष बुढाले केही ट्रेड युनियनकर्मी पार्टीको झण्डा नै प्रचार गर्ने गरेको उल्लेख गर्दै यस प्रकारको प्रबृतिले कर्मचारी र संस्थालाई सही बाटोमा लैजान नसक्ने जिकिर गरे ।

साथै सम्पूर्ण कर्मचारीहरुलाइ राष्ट्रिय कर्मचारी युनियनमा आबद्ध हुनु आग्रह गरे । कार्यक्रम राष्ट्रिय कर्मचारी युनियन, लुम्बिनी प्रदेश समितिका सचिव गोपालप्रसाद भट्टराईले सञ्चालन गरेका थिए ।