विवेकशील आधारभुत विद्यालयको १९ औं वार्षिकोत्सब

मेचीकाली संवाददाता

२८ बैशाख २०८१, शुक्रबार
147 shares

 

तुलसीराम पौडेल —

रुपन्देही , बैशाख २८ 

रुपन्देहीको सियारी गाउँपालिका -६ मदनगन्ज स्थित विवेकशील आधारभुत विद्यालयको १९ औं वार्षिकोत्सब तथा अभिभावक दिवस बिहीबार सम्पन्न भयो ।

सियारी गाउँपालिका शिक्षा शाखा प्रमुख सुधीर पौडेलले वार्षिकोत्सब तथा अभिभावक दिवस एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले विद्यालय संचालनको क्रममा देखिएको आर्थिक समस्यालाई विस्तारै समाधान गर्दै जानुपर्ने बताउनु भयो ।

 कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिष्णु माया रेग्मीले विद्यालयका कक्षा ५ र ८ का ५ जना उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप आफ्नो व्यक्तिगतबाट प्रत्येकलाई ५ हजारको दरले नगद पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा विद्यालयका विभिन्न गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियोे ।

कार्यक्रममा विद्यार्थीहरुको नृत्य प्रस्तुत गरिएको थियोे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिष्णु माया रेग्मिबाट विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियोे । विद्यालय संचालक समितिका जेष्ठ सदस्य कुलुराम भण्डारीको अध्यक्षता,गाउँ पालिका शिक्षा शाखा प्रमुख सुधीर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संचालक समिति सदस्य पदम बहादुर खनाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

विद्यार्थी निर्मला लोधको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षिका सुशीला शर्माले गरेकी थिइन ।